२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गरिवले पनि चुनाव जित्न सक्छ भन्ने उदाहरण दिए पन्थीले

२०७४, २३ मंसिर शनिबार १०:५९

प्रेम सुनार/मंसिर २३, गुल्मी ।  जम्मा एक जोर कपडामा उनले उनले झण्डै एक महिने चुनावी सभा र घर दैलो भ्याए । 

चुनावमा पैसा खर्च गर्न सक्ने अवस्थाका छैनन् । उनको जित मुस्कीलै छ भन्ने उनका नजिकमा मानिसहरु समेत । तर उनले प्रसस्त पैसा खर्च नगरे पनि चुनाव जितेरै  छाडे । उनि हुन् गुल्मी क्षेत्र नं २ को प्रदेश २ का वामगठबन्धनका उमेदवार दिनेश पन्थी ।   

जसका सामु चुनावमा कार्यकर्ता परिचालनको खर्च समेतको संकट थियो । आर्थिक संकटका वावजुद पनि उनले भारी मतले  प्रदेश सभा सदस्यमा चुनाव जिते । वाम गठबन्धनबाट ने.क.पा माओवादी केन्द्रका नेता पन्थीले ८ हजार ३७ मत अन्तरले काँग्रेस उम्मेदवार छन्द  पहराईलाई पछाडी पार्दै विजयी भएका हुन् । 

पन्थीले १७ हजार ६ सय १ मत ल्याएका छन् भने काँग्रेस नेता पहराईले ९ हजार पाँच सय ६४  मत ल्याएका छन् । गुल्मीको भनभनेमा २०२८ साल चैत्र १ गतेका दिन पिता हुमाकान्त पन्थी र माता पवित्रा पन्थीका कोखबाट जन्मीएका  पन्थी सानै देखि वामपन्थी आन्दोलनमा लागेका थिए ।  


२०३७ सालमा अनेरास्ववियु ५ को सदस्यबाट ईलाका अध्यक्ष जिल्ला सहसचिव हुँदै राजनीति यात्रा अघि बढाएका नेता पन्थीको स्मरणीय र रोचक पक्ष के छ भने २०४३ सालमा पञ्चायत विरोधी आन्दोलनमा लागेको अभियोगमा नेपाल अधिराज्यभरका सरकारी विद्यालयहरुमा पढ्न तत्कालिन सरकारले बन्देज गरे पछि अध्यानका लागि भारत पुगेका थिए । 

भारतमा पुगेर तत्कालिन माले निकट अखिल भारत प्रवासी नेपाली संघमा उत्तर प्रदेशको सदस्य पछि व्युरो सचिव र महासचिव समेत हुँदै नेकपा एमालेमा केन्द्रिय सदस्य रहेका थिए । 

कम्युनिष्ट आन्दोलनमा लागे वापत प्रवास मै पटक पटक त्यहाँको प्रहरीबाट पटक पटक हिरासतमा परेका पन्थी पछि राजतन्त्र विरोधी आन्दोलनमा लागेको आरोपमा समेत पटक पटक हिरासतमा परेका थिए । 

कम्युनिष्ट आन्दोलनका ईमान्दार र निष्ठावान नेता मानिने पन्थी हाल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला ईञ्चार्ज समेत हुन् । साधा जिवन उच्च विचार राख्ने पन्थी विलासी जिवन कहिल्लै अंगालेनन् । 

जिल्लाका सवै दलका उमेदवारहरु मध्ये सवै भन्दा सोझा मानिने र कम पैसा भएको उमेदवारका रुपमा चिनिने उनि चरम आर्थिक संकट झेल्दै राजनैतिक यात्रामा खर्च अभावकको र्संकट समेत खेप्दै आएका थिए । उनको जितले सामन्य परिवारको गरिवको छोराले पनि चुनाव जित्न सक्छ भन्ने उदाहरण दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो