2026-10-28 07:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा फेरी उदायो सुर्य हँसिया हथौडासंगै

प्रेम सुनार/मङ्सिर २४, गुल्मी । २०७० मा भएको संविधान सभा निर्वाचनमाको संविधान सभा चुनावमा पराजय भोगे लगत्तै नेकपा एमालेका नेता प्रदिपकुमार ज्ञवालीको फेशवुक स्टाटसले उनका कार्यकर्ताहरुको मात्र आँखा रसाएनन् प्रतिपक्षका कार्यकर्ताको समेत भुटु भक्कानिएको थियो ।

लगातार साविकको गुल्मी क्षेत्र नम्वर २ मा विजयको वाजी मार्दै आएका ज्ञवालीले त्यति वेला स्टाटसमा लेखेका थिए –‘ संविधान सभा निर्वाचनमा मलाई आफ्नो अमुल्य मत प्रदान गर्नु हुने सम्पुर्ण गुल्मेलीवासी प्रति आभार व्यक्त गर्दछु । मलाई आशिष दिने बृद्ध वुवा आमाहरु हामीमा आफ्नो भविश्य नाच्ने रमाउने साना नानीहरु, ज्यान हत्केलमा राखेर खटेका युथफोर्शका साथीहरु, कला गलाले साथ दिने कलाकारहरु , काठमाण्डौं , वुटवल र प्रवासी साथीहरु  तपाईहरुलाई म सधै मिस गरिरहने छु । यो यात्रा हो जुन निरन्तर जारी रहने छ । 

गुल्मीको विकास र गुल्मेलीवासीहरुको दुख सुखमा मेरो उपस्थिती सधै पाउनु हुने छ । यो प्रतिकुल परिणमको सम्पुर्ण जवाफदेही म लिने छु । सायद उमेदवारको रुपमा म मा नै कमी थियो कि ? निरास नबनौ एक छिन डाँडापारी लुकेको सुर्य फेरी उदाउने छ………।’

 उनको यो स्टाटसमा निकै  महानता, आत्मीयाता र भावुकता लुकेको छ । हामीले देखेका थियौं ज्ञवालीको पराजय संगै उनका कार्यकर्ता त्यही स्टाटस पढ्दै डाको छाडी रहेका थिए । मुसिकोट नगारपालिकाका वडाध्यक्ष प्रकाश काफ्लेले आज विहान भने–‘  एक भेलामा दिदी वहिनीहरु त्यही स्टाटस पढ्दै रुन थाल्नु भयो, मैले पनि मन थाम्न सकिन र भक्कानियको थिएँ ।’

नेता ज्ञवालीले राजनीति निरन्तर यात्रा हो । नेपाली कांग्रेसका नेता तथा  अहिलेको १ नम्वर क्षेत्रका उमेदवार चन्द्र भण्डारीले पनि आज त्यही महानता देखाए ।

विजेता प्रदिपकुमार ज्ञवालीलाई अंगालो मारेर आत्मीयता साट्दै बधाई दिदै सफल कार्यकालको शुभकामना दिए । रेसुङ्गा नगरपालिकाले विजयी प्रदेश र केन्द्रका सासंदहरुलाई आयोजना गरेको सम्मान कार्यक्रममा  निकै भावुक हुँदै  नेता ज्ञवालीले भने अघि विहान सम्म हामी  पक्ष र विपक्ष थियौं तर अव कोही पक्ष र विपक्ष छैनौं । देश वनाउने मामिलामा हामी संगै छौं । ’

उनले लोकतन्त्रमा हार जित स्वभाविक भएको भन्दै कोही बढि उत्साहित र कोही बढि निरास हुन नहुने आशय प्रकट गरे । 

जिल्लामा रहेका २ निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभामा कामगठबन्धनका उम्मेदवारहरु निर्वाचित भएपछी जिल्ला बामपन्थीको लाल किल्ला भएको छ । २०५१ साल सम्म कांग्रेसमय बनेको जिल्ला त्यस यता २०६४ साल सम्म पनि लाल किल्ला नै रहेको थियो । नेपाली कांग्रेसका  ति नेता हुन जसले झण्डै २० वर्ष पछि चन्द्र भण्डारी र कृष्णप्रसाद छन्त्यालले आफुहरुको विरासत २०७० मा आएर फर्काएका थिए । 

दुई वटा दल एकातिर मिलेर पनि कांग्रेस उमेदवारहरु एक्लैले  पनि जुन मत प्राप्त गरेका छन् जसले कांग्रेसजन प्रति जनताले सम्मान प्रकट गरेको  देखाउँछ । चुनावी लडाईमा स्वभाविक रुपमले एक अर्कोमा आरोप प्रति आरोप र गाली गलौज समेत हुनु स्वभाविक ठानिन्छ । तर आज विहान देखि त्यसको अन्त्य भएको छ । नेता गणहरुले आजै विहानै देखि मिलेर अगाडी बढ्ने सन्देश पनि दिई सकेका छन् । 

२०७० सालमा केहि वेरा डाँडा पारी लुकेको सुर्य अहिले हँसिया हतौडा संगै फेरी उदाय जस्तै   विग्रेको मौसमका कारण कुईरोलो छोपेको रुख मौसम सफा भए लगत्तै देखिने छ भन्ने कुरामा कांग्रेसजन आश्वस्त हुन जरुरी छ । 

सांसदमा मात्र हो  कहिलो को सत्ता पक्ष कहिले को प्रतिपक्ष  हुने । तर सामाजिक विकास र राष्ट्र हितमा हामी कोही पनि पक्ष विपक्ष हुँदैनौ र हुनु हुन्न । जिल्लाबाट चुनावी मैदानमा उत्रेका सवै नेता गण बधाईका पात्र हुन् । मतगणनामा जसले जिते हारे पनि यति वेला गुल्मीले जितेको छ । 

राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याति कमाईका नेता प्रदिपकुमार ज्ञवाली, गोकर्ण विष्ट, सुदर्शन वराल, कमलराज श्रेष्ठ, खड्ग केसी, दिनेश पन्थी जस्ता माननियहरु हामीले पाएका छौं । उहाँहरुबाट जे अपेक्षा राखिएको छ त्यो पुरा गर्ने दायित्ववोध उहाँहरुले गरी सक्नु भएको छ । 

उहाँहरुको त्यो दायित्व पुरा होस भन्ने शुभकामना दिदै उप विजेता कांग्रेस उमेदवारहरुलाई समेत बधाई दिदै र उहाँहरुको राजनैतिक कार्यकाल सफल होस भन्ने शुभकामना दिदै गुल्मी जिल्लाको निर्वाचनलाई सफल पार्नमा अहोरात्र खटिनु भएका समस्त कर्मचारी सुरक्षा निकाय,  दलका जिम्मेवार नेताहरु र आम मदतातालाई समेत साधुवाद … 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला