२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

समृद्ध जीवनका लागि दुई दिने सेमिनार

२०७३, ८ बैशाख बुधबार १०:२७

seminar3

प्रकाश धौलाकोटी । ८ बैशाख  तेह्रथुम। तेह्रथुम सदरमुकाम म्याङलुङमा जीवन विज्ञान अन्तर्गत समृद्ध जीवन सम्बन्धी दुई दिने सेमिनार मंगलबार सम्पन्न भएको छ । जिल्ला विकाश समितिको सभाकक्षमा सन्चालित सेमिनारमा जिवनलाई समृद्ध बन्न नदिने बाधाहरु, समृद्धिका उपायहरुका बारेमा सैदान्तिक ज्ञान सहित प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जीवन विज्ञान विशेषज्ञ रमेश नेपालले हरेक मानवका लागि स्वास्थ्य, सम्बन्ध र सम्पत्ति त्रिदेव भएको बताउदै यी तीन चिजको आरधाना गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य, सम्वन्ध र सम्पत्तिको सन्तुलित अवस्था सिर्जना गर्नाले नै जीवन समृद्ध हुने बताउनुभयो । कार्यक्रममा सहभागी जिल्ला स्थित सरकारी कार्यालय, गैरसरकारी संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई जीवन विज्ञान विशेषज्ञ नेपालले योग साधनाको विधिबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि तथा प्रमुख जिल्ला अधिकारी मुरारीप्रसाद वस्तीले विकास निर्माणको काम गर्ने जिल्ला विकास समितिले तेह्रथुमको मानव पुँजी निमांण गर्नको लागि आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै जीवन विज्ञानको विषयलाई विद्यालय शिक्षामा समेत जोडेर लान आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा गाबिस सचिवको तर्फबाट रामप्रसाद भटराई, गैरसरकारी संस्थाको तर्फ देउराली सोसाईटीका अध्यक्ष दिनेशप्रसाद खनाल, कार्यालय प्रमुखहरुको तर्फबाट जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत मनोज कुमार यादव लगायतले समृद्ध जीवन निर्माण गर्न सेमिनार अत्यन्तै फलदायी भएको धारणा राखेका थिए । जिल्ला विकास समितिले आयोजना गरेको कार्यक्रम जीवन विज्ञान विशेषज्ञ रमेश नेपालको प्रमुख आथित्यता तथा स्थानीय बिकास अधिकारी प्रल्हादकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित