३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

‘चुनावी रिसमा’ गरिव वोटेमाझी युवाहरुले कुटाई खाए

४ पुष २०७४, मंगलवार १४:५३

प्रेम सुनार/पुस ४, गुल्मी । अहिले साँझ केहि वेर अघि गुल्मी दरवार गाउँपालिका वडा नम्वर १, साविकको वलिथुम वोटेमाझी गाउँका दुई जना युवाहरुले छिमेकी गाउँ जुभुङ्गका युवाहरुबाट कुटाई खाएका छन् । 

नेपाली कांग्रेसका कार्यकर्ता रहेका  त्यस गाउँका होमबहादुर माझी र भिमबहादुर माझीले जुभुङ्गका लोकबहादुर राजकोटी र अर्का नाम पहिचान हुन नसकेका युवाबाट कुटाई खानु परेको ति दुवैले बताए । 

माझीले भने –‘हामी घर घरमा मिटर रिडीङ्ग गर्दै घर फर्किदै थियौं, यहँको विद्यालय अगाडी उनिहरुले मनिकला माझीको पसलको सटर तान्ने अस्लील शव्द प्रयोग गर्दै गाली गलौज गर्दै थिए  मैले त्यसो नगर्नुस दाजु भन्न के पाएको थिएँ हामी दुवैलाई आक्रमण गरे । 

दुवैलाई गालामा मुक्का हान्ने र मोवाईल समेत खोसेर लगेका थिए अहिले ल्याई दिएका छन् । उनले आफुहरुलाई चुनावमा कांग्रेसमा भोट हालेको रिसमा आफुहरुलाई कुट्ने त्रसाउने गरेको आरोप लगाए । 

हेर्दै जानु अव यहाँका कांग्रेस जतिलाई तह लगाईन्छ भन्दै धम्की दिएकोले आफुहरु असुरक्षित भएको उनिहरुको भनाई छ ।  चुनाव ताका पनि आफुहरुलाई त्रासमा बाँच्नु परेको गुनासो गर्दै माझीले भने–‘हामी गरिव माझी समुदायले स्वतन्त्र पुर्वक दल रोज्न पाउने अधिकार खोस्न खोजिएको  छ ।’  

कुट्ने युवाहरु भने कुन पार्टीका हुन भन्ने खुलेको छैन् । गत दुई वर्ष देखि कांग्रेस नेता तथा क्षेत्र नम्वर १  का उमेदवार चन्द्र भण्डारीले त्यहाँका भोटेमाझी समुदायका वालवालिकालाई शैक्षिक सामग्री दिने, खाजा खर्च उपलव्ध गराई दिने र दशैमा  उनिहरु संगै बसेर दशै मान्ने् गर्दै आए पछि त्यहाँ कांग्रेसको प्रभाव बढेको थियो । 

जनता आवास कार्यक्रम अन्तरगत घर बनाउन सुरु गरेको विषयमा कांग्रेस कार्यकर्ता होमबहादुर माझीले अन्य दलहरु संग परामर्श  नगरी एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै चनुावताका वामगठबन्धनका नेता कार्यकर्ता सोही स्थानमा पुगेर चेतावानी समेत दिएका थिए । त्यस्तै त्यहाँका केहि एमाले र माओवादी कार्यकर्ताले पनि आफुहरु कांग्रेस नभएकोमा उनिहरुको डर धम्कीमा वस्नु परेको गुनासो पनि गरेका थिए ।  

काठमाण्डौं पुगेका कांग्रेस नेता चन्द्र भण्डारीले टेलिफोन मार्फत उक्त घटना प्रति खेद प्रकट गरेका छन् । नेता भण्डारीले  भने–‘विचरा ति गरिव वोटेमाझी समुदायले आ–आफ्नो विवेक प्रयोग गरेर भोट हाल्न पनि नपाउने ?   त्यसरी कुटाई खानु पर्ने ? कुट्नेहरु एमाले हुन् । 

यस्ता विषयलाई सञ्चार माध्यमले उठाई दिनु पर्ने देखेको छु ।’ कुट्ने आरोपी संग भने सम्पर्क हुन सकेन । चुनाव ताका वामगठबन्धनका कार्यकर्ताहरुबाट कांग्रेस कार्यकर्ताहरु धेरै स्थानमा कुटिनु परेको आरोप यहाँका काग्रेस नेताहरुले लगाएका छन् ।  

त्यसो त कतिपय स्थानमा कांग्रेस कार्यकर्ताहरुले पनि वामगठबन्धनका  कार्यकर्ताहरुलाई कुटेका उजुरीहरु प्रहरीमा परेका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट