२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

उखु खरिद र मिल सञ्चालन नगर्दा महोत्तरीका किसान चिन्तित

२०७४, १४ पुष शुक्रबार ०७:२१

पुस १४, गौशाला । चिनी मिलले उखुको मूल्य निर्धारण, उखु खरिद र मिल सञ्चालन नगर्दा महोत्तरीका किसान चिन्तित भएका छन् । 

पुसको दोस्रो हप्ता भइसक्दा पनि यस वर्ष अहिलेसम्म एभरेष्ट सुगर एण्ड केमिकल इण्डट्रिज सञ्चालनमा आउन सकेको छैन । 

गौशाला नगरपालिका–१ रामनगरमा रहेको सो चिनी मिल सञ्चालनमा नआउँदा सयौँ बिगाहा जग्गामा उखुखेती गरेका किसान चिन्तित भएका छन् । 

मिलले मंसिर महिनामै उखु क्रसिङको काम थालिसक्नु पर्नेमा अहिलेसम्म शुरु गरेको छैन । उखु काट्ने बेला भएर पनि मिलले उखु खरिद र मूल्य निर्धारण नगरेका कारण उखु काट्न डराइरहेको गौशाला–१ का राजकिशोर यादवले बताउनुभयो । 

“उखु खेतमै सुक्न थालेको छ,” उहाँले भन्नुभयो । किसानले ऋण गरेर लगाएको लगानी नउठ्ने किसानलाई चिन्ता छ । जिल्लामा यस वर्ष उखुखेतीमा कमी आएको छ । गत वर्ष जिल्लामा १५ हजार बिगाहामा उखुखेती गरिएकोमा यस वर्ष सात हजार बिगाहामा मात्र उखुखेती गरिएको छ । 

उखुखेती घट्नुको प्रमुख कारण मिल समयमा सञ्चालन नहुनु र मूल्य निर्धारण नगरिनु रहेको गौशाला–२ का रामबाबु यादव बताउनुहुन्छ । गत वर्ष जिल्लामा प्रतिक्विन्टल रु ५३१ मा किसानले उखु बिक्री गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै