2026-09-15 10:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राखिँदै

पुस १४, बैतडी । बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ । 

मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो । प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य शुरु भएको उक्त संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी दिनुभयो । 

पाटन नगरपालिका र पुरचौंडी नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा आइसकेको छ उहाँले भन्नुभयो “अन्य स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकालाई तालीम दिने कार्य शुरु भएको छ ।” 

महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रभित्रका गर्भवती महिलाको नाम मोबाइलमा इन्ट्री गरेपछि गर्भवती महिलाको अनुमानित सुत्केरी हुने मिति, गर्भजाँच गराउने मिति स्वयंसेविकाको मोबाइलमा आउने र यसले गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुग्न सजिलो हुने जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थनर्स ममता जोशीले बताउनुभयो । उहाँले भन्नुभयो “मातृदर र बालमृत्युदर घटाउन यो कार्यक्रमले सहयोग पुग्नेछ” 

मोबाइल कार्यक्रमले सहज 

बैतडीको पाटनमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मोबाइल कार्यक्रमले सहज भएको स्वास्थ्यकर्र्मीले बताएका छन् । 

एक महिना अघिदेखि शुरु भएको पाटन नगरपालिकामा रहेका गभर्वती महिलाको गर्भ जाँच गर्न महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज आउने भएकाले सजिलो भएको हो । 

यसका लागि नगरपालिकामा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल बितरण गरेपछि यो कार्यमा सहज भएको पाटन नगरपालिकाका स्वास्थ्य ईन्चार्ज मदन महराले बताउनुभयो । 

उहाँले भन्नुभयो “नगरपालिकाभित्र रहेका १० वटै वडाका १०९ महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइल पाइसकेपछि गाउँठाउँका गर्भवती महिलालाई स्वास्थ्यसंस्थामा जाँच गर्न लैजान लागि झनै सहज भएको छ” स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा महिनामा १०० को रिचार्ज पनि स्वास्थ्यचौकीले नै उपलब्ध गर्ने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ