२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बेवारिसे १५ वर्षीया बालिका भेटीईन

२०७४, १९ पुष बुधबार ०२:४४

पुस १९, बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटबाट मंगलबार एक बेवारिसे बालिकाको उद्धार गरेको छ । 

मानसिक सन्तुलन गुमाएकी गीता भट्ट नाम बताउने अन्दाजी १५ वर्षीया बालिकाको उद्धार गरिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । 

महाकाली राजमार्गअन्तर्गत खोचलेक बजार नजिकै भेट्टिएकी बालिकाको मानसिक सन्तुलन ठीक छैन, प्रहरी सहायक निरीक्षक महराले भन्नुभयो “कपडा च्यातिएको अवस्थामा छ, आप्mनो नाम ठेगानासमेत एकिन बताइनन् ।” 

“कुनै बेला महेन्द्रनगर घर बताउँछिन्, कुनै बेला दार्चुला” उहाँले भन्नुभयो, “नाम, ठेगाना सोध्दा हाँस्ने मात्रै गर्छिन् ।” 

उद्धार गरिएकी बालिकालाई महिला तथा बालबालिका कार्यालय बैतडीको सेफ हाउस, पाटनमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “बेवारिसे भेट्टिएकी बालिकाको सुरक्षाका लागि सेफ हाउसमा राखेको र बालिकाको घरपरिवार सम्पर्कमा आएपछि घरपरिवारको जिम्मा लगाउँछौँ ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए