2026-10-28 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी: ३७ वर्षअघि विद्यार्थी, अहिले सिडयो बनेर त्यही विद्यालयको प्रमुख अतिथी (फोटोफिचर)

प्रेम सुनार/पुस २०, गुल्मी । गुल्मीको एक विद्यालयमा ३७ वर्ष अघि  सम्म विद्यार्थी रहेका एक व्यक्ति अहिले यसै जिल्लाका सिडियो भएर त्यस विद्यालयको एक कार्यक्रमा प्रमुख अतिथीका रुपमा आज  स्वागत–सत्कार गरिएको छ । 

गुल्मीका सिडियो अर्थात प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई रेसुङ्गा नगरपालिका १० सिमिचौरमा रहेको भगवती माध्यामिक विद्यालयले आज तिन कोठे भवन निर्माणको शिलान्यास गराई प्रमुख अतिथीका रुपमा स्वागत–सत्कार गरेको हो ।   प्रमुख जिल्ला अधिकारी अर्याल सोही गाउँका वासीन्दा हुन् ।  उनले पढ्ने बेला २०३७ साल सम्म कक्षा  ७ सम्मको मात्रै  पढाई हुने प्रजिअ अर्यालले बताए । 

शिलान्यास समारोहलाई सम्वोधन गर्दै   प्रमुख अतथी अर्यालले  २०३७ साल सम्म आफुले त्यस त्यसै विद्यालयमा पढेको स्मरण गरे । उनले भने –‘ म यसै विद्यालयमा बढेको विद्यार्थी भएकोले पनि   यसको स्तरोन्तीका लागि मेरो पनि नैतिक जिम्मेवारी रहन्छ  र मैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै जाने छु । ’ उनले रेसुङ्गा नगरपालिकाले त्यस विद्यालयकौ भौतिक र शैक्षिक विकासमा जोड दिने कुरामा आशा व्यक्त गरे ।

 गत ३५ वर्ष देखि त्यसै विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक ऋषिराम अर्यालयले सिडियो अर्याललाई सिडियो साव नभई गोपाल बाबुका रुपमा सत्कार गर्न पाएकोमा गर्व महशुस गरेको बताए । 

उनले भने–‘ हुन त उहाँ हामी सवैको सिडियो हो तर मैरै दाजु भाई र यसै विद्यालयमा बढेको हुँदा मैले  गोपाल बाबु भन्ने गर्छु  र हिजोको यसै विद्यालयको एउटा सामन्य विद्यार्थी आज यस जिल्लकै सिडियो भएर प्रमुख अतिथीका रुपमा सत्कार गर्न पाउँदा असाध्यै गौरव महशुस गरेका छौं ।’ 

रेसुङ्गा नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष पदमप्रसाद अर्यालले पनि त्यसै सिमिचौरवासी सिडियो अर्याललाई निम्ताएर भवनको शिलान्यास गराउन पाएकोमा गर्वित भएको बताए । 

सो नगरपालिकाको सामाजिक समितिका संयोजक समेत रहेका अर्यालले अव यस नगरपालिका अन्तरगतका शैक्षिक संस्थाहरुलाई हिजोको अवस्थामा  रहन नदिने उद्घोष गरे ।  

कार्यक्रमकी विशेष अतिथी उप–मेयर सिता भण्डारीले नगरपालिकाले यस भित्रका शैक्षिक संस्थाहरुको अवस्था बुझेर अगाडी बढ्ने बताईन । 

त्यस्तै अर्का विशेष अतिथी विद्यालय निरीक्षक पिताम्वर पन्थीले आगमी शैक्षिक वर्ष भित्र उक्त भवन सम्पन्न भई सक्नु पर्ने सुझाव दिए । उनले आउँदो शैक्षिक सत्र देखि जिल्ला शिक्षा कार्यालय खारेज हुने जानकारी समेत गराए ।  

जिल्ला शिक्षा कार्यालयबाट बन्न लागेको उक्त तिन कोठे भवन  ३१ लाख  लागतमा बन्न लागेको र भुकम्प प्रतिरोधी हुने विद्यालयका प्रधानध्यापक वमबहादुर रानाले जानकारी दिए ।  

उनै  प्रधानध्यापक रानाको अध्यक्षतामा सम्पन्न  शिलान्यास कार्यक्रमा उक्त भवन निर्माण समितिका अध्यक्ष झविन्द्र घिमिरेको स्वागत मन्तव्य र शिक्षक घनश्याम पाण्डेको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला