२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

यी हुन् गुल्मीबाट एक मात्र महिला प्रदेश सांसद

२०७४, २० पुष बिहीबार ११:५५

प्रेम सुनार | पुस २०, गुल्मी | ५ नम्वर प्रदेश अन्तरगत गुल्मीबाट समानुपातिकमा  एक मात्र महिला प्रदेश सांसदमा मनोनयन भएकी छन् । नेकपा माओवादी केन्द्रबाट क्षेत्र नम्वर २ बाट प्रदेश सभाका लागि गिता थापाले यस्तो अवसर पाएकी हुन् । जिल्लाका अन्य कुनै पनि राजनैतिक दलबाट प्रदेश सभामा महिला सांसद मनोनयनमा पर्न सकेनन् । थापाको आधिकारिक रुपमै टुङ्गो लागि सकेको माओवादी केन्द्र गुल्मीले जनाएको छ । 

प्रतिनिधी सभाका लागि भने एमालेबाट रामकुमारी झाँक्री , मैना भण्डारी र जिवराज आश्रित धर्म पत्नी माया न्यौपानेको अन्तिम टुङ्गो लागी सकेको नेताहरुले बताए पनि केन्द्रबाट आधिकारिक जानकारी आएको छैन् । 

कांग्रेसबाट प्रदेशका लागि झविन्द्र बिक र प्रतिनिधी सभाका लागि सुवर्ण ज्वारचनको नाम सिफारिस भएको भए पनि उनिहरुको वारेमा अन्यौल नै रहेको बताईन्छ ।  प्रदेश सभाका लागि एमालेबाटै जनजातीबाट वालसिंह काउछा र दलित तर्फ गणेश बिश्वकर्माको नाम सिफारिस भए पनि ३३ प्रतिशत महिला पुराउन पर्ने भएकोले उनिहरु पर्न नसकेको बताईएको छ । 

थापाको हतियारको युद्ध  देखि सांसद सम्मको यात्रा 

संघिय संरचना मुलुक गई सके पछि पहिलो पटक भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा गुल्मीबाट पहिलो  र एक मात्र महिला प्रदेश सांसद हुने ईतिहाँस रचेकी गिता थापा साविकको दोहोली गाविसको रामराज्य उच्च माध्यामिक विद्यालयमा पढ्दा पढ्दै  २०५६ साल देखि  तत्कालिन युद्धरत माओवादीको विद्यार्थी संगठनबाट भुमिगत राजनीति सुरु गरेकी थिईन् ।  किशोर अवस्थाकी उनि सांस्कृतक फाँटमा निकै चम्कीएकी कलाकार हुन् ।  तर पनि युद्धमा न कलाकार न  फौजी कार्यकर्ता र कमाण्डार भिडन्तमा सवै होमिन्थे र गिता पनि धेरै भिडन्तमा होमिएकी थिईन् ।  

जेल जिवन समेत व्यतित गरेकी गितालाई एक पटक घर परिवारले माया मारी सकेका थिए ।  उनको गाउँमा तत्कालिन विपक्षी दलका नेता कार्यकर्ताले माओवादीमा गिता लागेको रिसमा  ‘विग्रेकी केटी’ सम्मको संज्ञा दिन्थे । तर उनि त्यो रुढीवादी समाज संग जुधिन । महिलाहरु घरबाट निस्कीनुलाई संकिर्ण रुपमा हेरिने त्यो समाजबाट उनि जंगलमा बन्दु काँधमा बोकेर हिडिन् । शान्ति प्रकृया पछि अनेम संघ ( क्रान्तिकारी ) को जिल्ला संगठनको विभिन्न जिम्मेवारीहरु निभाउँदै उनले उक्त संगठनको नेतृत्व समेत लिई सकेकी छन् । 

अहिले उनि जिल्ला पार्टीको सचिवालय सदस्य हुन र रेसुङ्गा नगरकमिटीको कोषाध्यक्ष समेत रहेकी  छन् । आज उनलाई रेसुङ्गा नगरकमिटीले एक समारोहको विच अभिनन्दन गरेको छ । अभिनन्दन कार्यक्रममा शाहसी र संघर्षशिल महिला नेतृ गिता थापाको पार्टी र समाज प्रतिको योगदानवारे नेता कार्यकर्ताहरुले प्रकाश पारेका थिए ।

कार्यक्रममा रेसुङ्गा नगरकमिटीको उपाध्यक्ष धर्म बिश्वकर्मा , प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रेम सुनार, रेसुङ्गा नगरकमिटीकी सह सचिव कमला पुन, अनेरास्ववियु –(क्रान्तिकारी ) रेसुङ्गा क्याम्पस ईकाई कमिटीका संयोजक हुमकान्त पोखरेल लगायतले थापाको योगदानबारे प्रकाश पारेका थिए ।  रेसुङ्गा नगरकमिटीका अध्यक्ष अशोक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  सचिव गिरीसिह महाकिमको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह