2026-10-28 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका कांग्रेससंग गोकर्ण विष्टको प्रश्न- खै कहाँ हरायो त्यो योजना ?

प्रेम सुनार/पुस २१, गुल्मी । गोकर्ण विष्टले गरेको भनिएको विकास निर्माण आफुहरुले गरेको नेपाली कांग्रेस गुल्मीको दावी आए लगत्तै नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर २ का सांसद गोकर्णराज विष्टले यहाँको कांग्रेजनलाई पहिला आफुले पारेको भने योजनाको हिसाव किताव देखाउन चुनौती दिएका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर ६ को ठुलाचेक्मीका जनता सदियौं देखि खानेपानीको चरम संकटमा छन् । ‘जहाँका जनताले हरेक पटकको चुनावताका प्रमुख माग नै खानेपानी समस्या रहेको थिए’– नेता विष्टले भने– ‘त्यो माग अघिल्ला निर्वाचनमा पनि गरेकै होलान  र यसपाली त्यो स्थान मेरो क्षेत्र परेकोले  म संग पनि त्यही माग दोहराएका थिए , जसलाई मैले  पुरा गर्ने थालनी  गरेको हुँ  ।’

   नेता विष्टले तिन दिन अघि कांग्रेसजनद्धारा  पत्रकार सम्मेलनमा आफु प्रति जनतामा पुराउन खोजिएको अविश्वास प्रति यस्तो प्रति प्रश्न गरे–‘ कांग्रेजनले पछिल्लो चार वर्ष सम्म के हेरेर बस्नु भयो ? खै उहाँहरुले त्यहाँ पा¥यौं  भनिएको योजना ? कता हरायो ? त्यसको हिसाव किताव देखाउन पर्ने कि नपर्ने ? जव हामीले  वल्ल त्यहाँ खानेपानी समस्याको समधानको सुरुवात ग¥यौं तव देखि किन यस्तो छ्ट्पटी ? ’

   शुक्रवार विहान यस समाचारदाता संग टेलिफोनमा कुरा गर्दै नेता विष्टले थपे –‘ तपाई सञ्चारकर्मीहरुले पनि उहाँहरुले हामीले पारेका हौं  भनिएकोे त्यहाँको खानेपानी योजनाको हिसाव किताव खोजि दिनु प¥यो , न जनतालाई हिसाव किताव देखाउने न काम गर्ने ?  म एक जनप्रनिधिको हैसियतले त्यस गाउँमा मात्र होईन अरु थुप्रै गाउँमा यस्ता समास्या समधान गर्दैछु ,कांग्रेसजनलाई नछटपटिन र नअत्तालिन मेरो सुझाव छ  ।’

 ठुलाचेक्मी लिफ्टीङ्ग सिस्टम खानेपानी योजना निवर्तमान सांसद तथा कांग्रेस नेता चन्द्र भण्डारीले २०७१ सालमा पारेको र अहिले सम्म सर्वे डिजाईनिङ्ग समेत नभएको कांग्रेस सचिव खिलध्वज पन्थीले केहि दिन अघि पत्रकार सम्मेलनमा भनेका थिए । 

९५ लाख रुपैयाँ क्रमगत योजनामा रकम विनियोजन भएकोृ छ भनेर सचिव पन्थीले भनेका छन् । 

  यस सम्वन्धमा सिंचाई विकास डिभिजन कार्यालय संग बुझ्दा अघिल्लो वर्ष २ लाख आए पनि काम हुन नसकेको र यस वर्ष चार लाख परे पनि केन्द्रबाट कुनै  नीति–निर्देशन नआउँदा अलपत्र परेको जनाईएको छ । 

यस विषयमा कांग्रेस सचिव पन्थीले उक्त योजनाको सर्वे डिजाईनिङ्ग नै नहुँदै एमाले नेता विष्टले दुई चार मिटर पाईप ल्याउँदैमा कसरी सम्पन्न भयो भनेर उद्घाटन गरे ? भन्ने सवाल खडा गरेका थिए । 

  यस सम्वन्धमा नेता विष्टले भने–‘सम्पन्न भएको होईन, वल्ल सुरु गर्न स्थलगत अध्यानमा पुगेको र परिक्षण स्वरुप सोलरको माध्यमबाट ठुलोचेक्मीको माथील्लो गाउँमा  पानी लैजान सुरु गरिएको हो,  दिर्घकालिन समस्या समधानका लागि त्यहाँ अरु थुप्रै काम गर्न बाँकी छ र त्यो प¥यो भनिएको तर हराएको योजना पनि खोजिदै छ  । ’   

ठुलाचेक्मी गाउँको तल खालाकाचौमा वाह्रै मास पानी जमिरहने चौर थियो  । 

माथी डाँडामा खानेपानीको मुहान नहुँदा त्यहाँका वासीनदा गाई भैसीलाई पानी खुवाउन तल चौरमा घण्टौं लगाएर जानु पर्दथ्यो ।  २०६८ सालमा भाडगाउँका कृष्णबहादुर कुँवरले आफ्नो संस्था तिन स र अन्य विभिन्न संस्था मार्फत खालाचौरमा ड्याम निर्माण गर्ने अवधारण ल्याए अनुसार निर्माण गरिएको थियो । 

त्यहाँ ड्याम निर्मण गरी विद्युतको माध्यमद्धारा माथी डाँडामा ट्याङ्गकी बनाई पनि संकलन गरिएको थियो । 

कांग्रेस नेता तथा २०७० सालको निर्वाचनका उमेदवार चन्द्र भण्डारी त्यस ड्यामको अवलोकनमा गरेर  त्यस गाउँलाई प्रयाप्त पानी पुग्ने बजेट पारी दिने आश्वासन दिएका थिए । उपभोक्ता समितिका सचिव गोपाल केसीले भने त्यस यता उहाँले कुनै रकम त्यसका लागि पारेको आफुहरुलाई थाह नभएको बताए । 

आफुहरुको खानेपानी समस्या जुन दल र नेताले पारी दिए पनि धन्य हुने बताउँदै केहि दिन अघि एमाले नेता गोकर्ण विष्टले सुरु गरेको सोलर लिफ्टीङ्ग सिष्टमले अव पुरै गाउँलाई पानी पुग्ने आशा पलाएको सचिव गोपाल केसीको भनाई छ । 

चन्द्र भण्डारीद्धारा चुनौती 

कांग्रेस नेता तथा पुर्व सांसद चन्द्र भण्डारी संग सम्पर्क राख्दा अहिले निर्वाचित भएका जनप्रतिनिधीहरुले आफुले जति विकास गरेर देखाउन चुनौती दिएका छन् । ४२ वटा पुल आफुले जिल्लामा पारेको , सारा सडक सञ्जाल बनाउने काम सुरु गरेको कैयौं खाने योजना त्यसमा पनि लिफ्टीङ्ग सिस्टम खानेपानी योजनाहरु आफुले पारेको  तर चुनावताका वामगठमन्धन निकट मानिसहरुले बंङ्गाएर व्याङ्ग गरेर लेखेको उनको गुनासो छ । 

उनले भने–‘ मैले ठुला चेक्मीको खानेपानी योजनाका लागि ९५ लाख पारेको छु, त्यति मात्र होईन थुप्रै ठाउँमा अरु विकास योजनाहरु पारेको छु रातो कितावमा हेरे हुन्छ अबका जनप्रतिनिधीहरुले त्यो भन्दा कति बढाउन सक्छन हेरौला । ’ 

तपाईले चार वर्ष पारेको भए खै त त्यहाँ काम भएको ? भन्ने प्रश्नमा उनले भने–‘ राष्ट्रिय योजना आयोगले सर्वे स्टेमट गर्न ढिलाई गरेको तर अहिले प्रकृयामा छ ।’ नेता भण्डारीले सर्वे डिजाईनिङ्ग नै भएको छैन भनिरहँदा यता  सिचाई विकास डिभिजन कार्यालयमा भने तिन वर्ष यता क्रमशः ३ लाख २ लाख र ४ लाख रकम आई सकेको  त्यस कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला