2026-10-28 06:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको ईस्मामा लगायतका पुराना शासकहरुले उब्जाएको सवाल

प्रेम सुनार । सदियौपछि जनताले  सवैलाई पायक पर्ने र वजारिकरणका लागि उपयुक्त थलोमा स्थानिय सरकारको प्रशासनिक निकाय रोज्ने र राख्ने अवसर पाएका छन । 

सदियौं देखि जति पनि साविकका गाविसहरु छन् त्यहाँका हरेक डाँडा लाईनमा ‘ठुलाबडा’हरुको वोलवाल रहँदै आएको छ । उनिहरुले नै सारा कुनाकन्दरा, खोलाखालीमा बस्ने जनताहरु माथी शासन लाद्दै आएको कुरा कसैबाट छुपेको छैन् । सवै सरकारी कार्यालय उनैको घर वरीपरी हुनु पर्ने , विद्यालय पनि त्यस्तै ।

अझ ति विद्यालयमा उनका छोरा , वुहारी र छोरीले अनिवार्य जागिर पाउनै पर्ने, उनिहरुको त्यस विद्यालयमा बोलवाल रहि रहनै पर्ने, उनिहरु कै घर सामु स्वाथ्य केन्द्र  र सवै खाले सुविधा उनिहरुले नै नजिकबाट लिई रहनै पर्ने, तर कुनाकन्दरा र दल खोलाखालीका जनता भने सधै ज्वरो आएको वेला एउटा सिटामल किन्न पनि घण्टौं उकाली ओराली गर्नु पर्ने । यसको अन्त्य हुनै पर्छ । अव डाँडाका ठुलाबडाहरु  पनि हिजो जसरी ति कुना कन्दरा र खोलाखालीका जनताहरुले झै उकाली ओराली गर्ने चेष्टा गरौं । 

हुन त खानदानी परिवारमा जन्मिनु भएकोले ति कुनकुन्दराका जनता जो यो पुस माघको चिसोमा पनि खाली पैदाला उकाली ओराली गर्न सक्छन , त्यस्तै तपाईहरु गर्न सक्नु हुन्न होला , वरु त्यसका लागि अतिरिक्त सुविधा दिन सकिएला, जस्तै तपाईहरुलाई प्रशासनिक निकाय सम्मको सेवा लिन घर सम्म गाडी ल्याउन लैजानको व्यस्था मिलाएर भए पनि । 

तर कृपया सदियौ पछि ति कुनाकुन्दराका जनतालाई अवसरको किरण झुल्कीएको छ त्यसलाई चुम्न दिनुहोस् । हेर्नुहोस त हिजोको मुसिकोटको प्रशासनिक निकाय कहाँ थियौं ? तिनै मैदाने ठुलाबडाको नजिक, हिजोको ईस्माको कहाँ थियो ? तिनै ठुला बढा कै सामु, हिजोको धुर्कोट , पुर्कोट, यता चन्द्रकोट, चारपाला लगायत अधिकांस साविकका गाविहरुको प्रशासनिक निकाय उनै ठुला बढाहरु कै घर नजिक थियो । 

तलका समथल जमिन कतै बाँझै, कतै उव्जेनी मात्रै तर माथी डाँडाका साँगुरो ठाउँमा प्रशासन, त्यसै कारणले पनि  विगत लामो समय देखि फराकिलो पारेर विद्यालय भवन बनाउन, खेल मैदान निर्माण गर्न र अन्य कार्यालय  स्थापना गर्न डोजरमा करोडौ रुपैया खचिर्नु प¥यो ।  डाँडाको स्कुल पढ्न अहिले पनि तल पुछारका साना वालवालिकाहरु दुई तिन घण्टाको उकाली ओराली गर्नु परिरहेको छ । म एउटा सानो उदाहरण दिन्छु साविकको हस्तीचौरको हिमालय माविका शिशु कक्षा पढ्नका लागि तल खहरेबाट सात वर्षिया वालिकालाई आमाले दैनिक बोकेर ल्याउन पर्छ । दैनिक डेढ दुई घण्टाको उकालो ओरालो कति शैय हुन सकिरेहको छ हस्तीचौरका डाँडालाईनका ठुलाबडालाई ? धेरै भए पनि जनपक्षिय हुन सिकौं । 

हुन त तपाई दलका हिसावले जनपक्षिय नै हो भन्ने सुनिएको छ तर तपाईको मानसिकतामा एकरत्ती पनि जनपक्षियता छैन, हामी ठोकेर भन्छौं , तपाईको मानसिकतामा हिजो कै ‘ज्यु हजुरी , को अहंकार कायम छ ।   तपाईका मुखमा अहिले पनि रामबहादुर बिक छैन , ए , रामे कामी , सेते दमै, नरे साकी छ । तपाई नै हो साविकको बडागाउँ गाविसमा रामबहादुर नाम राख्न नचाहेर राते कामीको नागरिकता सिफारिस गर्ने । तपाई नै हो उनि राते कामीकी श्रीमतिको नाम राती कमिनी हुनु पर्छ भनेर सिफारिस गर्ने ।  तपाईलाई अहिले पनि ति दलित समुदायबाट नमस्कार शैय हुँदैन , जदौं वराजु चाहिन्छ तर फर्राकाउँदा साहित पर्दैन भन्ने तपाई भित्रको कालोमनले भनि रहेकै हुन्छ । सार्वाजानिक कार्यक्रममा दलितहरु संग चिया पिउँदा तपाईको पेट दुख्छ । साँच्ची भन्ने हो भने त तपाई र तपाई जस्ताको पेट त सधैका लागि दुख्नु पर्ने हो ।

तपाई जस्ताको पेट सधैका लागि नदुखे सम्म जनताको परिवर्तन सम्भव नै छैन् । अहिलेको संघियता, समावेसी, समानुपातिक लगायतका सवै खाले परिवर्तनका कुराहरु कार्यन्व्यनमातपाई जस्ताहरु   त्तगारो हो, तगारो मात्रै होईन समाजको कंलक नै हो ।  तपाई जस्ताहरु कंलंक हुँदैनथ्यौ भने प्रचण्ड सरकारकै पाला देखि  ठाउँ ठाउँमा ईलाका प्रशासनको सुविधा जनताले पहिल्लै पाई सक्थे । सुनिन्छ यति वेला ईस्मा गाउँपालिकामा सदियौं देखि अपायक प्रशासनिक असुविधाले पिडित जनताहरु आन्दोलनमा उत्रिएका छन । आज गाउँपालिका अगाडी नारावाजी चलिरहेको छ । माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य सुनारले दिएको जानकारी अनुसार सदियौ देखि डाँडालाईनका शासकहरुबाट प्रताडित जनता विरोधमा उत्रिएका छन् ।  परिवर्तनका पक्षधरहरु एकै थलोमा उभिएका छन् । चुनावताका हिजो एक अर्काका कट्टर विरोधीहरु अहिले कुम जोडाजोड गरेका छन् । 

दोहली, हस्तीचौर र दर्लामचौरका केहि डाँडा लाईनका मानिसहरुलाई उचालेर हिजो जिल्लाले ईस्माको केन्द्र  तल चाँपटारी उपयुक्त स्थान भनेर आयोगमा सिफारिस गरेको ठाउँलाई समेत लत्ताउन खोजिदै छ ।  त्यसका लागि दलिय भन्दा पनि तल देखि माथी  सम्मको ठुलै शक्ति दोहलीमा केन्द्र बनाउने चलखेलमा छ भन्ने आरोप आन्दोलनरत पक्षको छ ।  

जो जस्तै शक्ति भए पनि न्योचित कुरामा जनता उत्रे पछि  त्यस्ता शक्तिहरु घुँडा टेकेकै छन ।  स्कले भाई वहिनीहरुले भलिवल र फुटवल खेल्दा त वाँसको वार लगाउनु पर्ने, कैयौ भलिवल र बुटवल तल भिर पाखामा हराई रहेको बेला  कति भवन चाहिन्छ ? कति मैदानहरु चाहिन्छ ? अनि त्यस्ता डाँडामा केन्द्र राखेर के होला ? आन्दोलनरत जनताको यहि माग र  यहि भावलाई हामी जस्ताको त्यस्तै उठाई दिएका छौं । बैलैमा चेतना भया । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला