2026-11-01 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचथरमा १२ झोलुंगे पुल निर्माण हुने, कहाँ-कहाँ बन्दैछ पुल

पुस २४, पाँचथर (रासस) | चालु आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा १२ वटा झोलुंगे पुल निर्माण हुने भएको छ । 

नेपाल सरकार झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत साझेदारी संस्था सिरिजङगा ग्रामीण विकास केन्द्रअन्तर्गत पुल निर्माण हुने भएको हो । 

सिबुवा खोलामा रु २४ लाख ३६ हजार लागतमा, फाल्गुनन्द गाउँपालिकाको निबुवा खोलामा कोदोबारी पुल रु ३३ लाख ३५ हजार र याङवरकको फलँचा च्याङथापु जोडिने जौबारी झोलुंगे पुल रु ३५ लाख १४ हजारको लागतमा पुल निर्माण भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ । 

कार्यालयका इञ्जिनियर प्रेम काफ्लेका अनुसार हाङगुम दुर्दिम्बा जोडिने नावाखोलामा मेचिटारे पुल रु ३६ लाख ८४ हजार, नांगिन, लुङरुपा जोडिने सिम्भुवा खोलामा साठी मुढे पुल रु २४ लाख २३ हजार, मेमेङ प्राङबुङ जोडिने हेँवा खोलामा खोलाटार पुल रु ३७ लाख ५१ हजार र सराङडाँडाको साँवासिर खोलामा रु २६ लाख ६३ हजारको लागतमा पुल निर्माण हुनेछ । 

यस्तै, लुङरुपाको फेमे खोलामा रु ३३ लाख ६२ हजार, आङसराङको निवुखोलामा चुवाडे पुल रु ४१ लाख २० हजार, सिदिनको रिग्युवा खोलामा चण्डे पुल रु ५० लाख ७९ हजार, कुरुम्बाको कुरुम्बा खोलामा कुरुम्बा पुल रु ३७ लाख ५७ हजार र फाक्तेपको चङुजिवा खोलामा रु २९ लाख ७२ हजारको लागतमा झोलुंगे पुल निर्माण हुन लागेको हो । 

पुल निर्माणको लागि कुल लागत रु चार करोड ११ लाख रहेको छ । कुल लागतको तीन/तीन प्रतिशत गाउँपालिका र जिल्ला समन्वय समिति, दुई प्रतिशत उपभोक्ता समिति र बाँकी ९२ प्रतिशत नेपाल सरकार झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको लगानी रहने साझेदारी संस्था सिरिजङगा ग्रामीण विकास केन्द्रअन्तर्गत झोलुंगे पुल निर्माणका कार्यक्रम संयोजक दीपक बोहोराले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द