२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचथरमा १२ झोलुंगे पुल निर्माण हुने, कहाँ-कहाँ बन्दैछ पुल

२०७४, २४ पुष सोमबार ११:५२

पुस २४, पाँचथर (रासस) | चालु आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा १२ वटा झोलुंगे पुल निर्माण हुने भएको छ । 

नेपाल सरकार झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत साझेदारी संस्था सिरिजङगा ग्रामीण विकास केन्द्रअन्तर्गत पुल निर्माण हुने भएको हो । 

सिबुवा खोलामा रु २४ लाख ३६ हजार लागतमा, फाल्गुनन्द गाउँपालिकाको निबुवा खोलामा कोदोबारी पुल रु ३३ लाख ३५ हजार र याङवरकको फलँचा च्याङथापु जोडिने जौबारी झोलुंगे पुल रु ३५ लाख १४ हजारको लागतमा पुल निर्माण भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ । 

कार्यालयका इञ्जिनियर प्रेम काफ्लेका अनुसार हाङगुम दुर्दिम्बा जोडिने नावाखोलामा मेचिटारे पुल रु ३६ लाख ८४ हजार, नांगिन, लुङरुपा जोडिने सिम्भुवा खोलामा साठी मुढे पुल रु २४ लाख २३ हजार, मेमेङ प्राङबुङ जोडिने हेँवा खोलामा खोलाटार पुल रु ३७ लाख ५१ हजार र सराङडाँडाको साँवासिर खोलामा रु २६ लाख ६३ हजारको लागतमा पुल निर्माण हुनेछ । 

यस्तै, लुङरुपाको फेमे खोलामा रु ३३ लाख ६२ हजार, आङसराङको निवुखोलामा चुवाडे पुल रु ४१ लाख २० हजार, सिदिनको रिग्युवा खोलामा चण्डे पुल रु ५० लाख ७९ हजार, कुरुम्बाको कुरुम्बा खोलामा कुरुम्बा पुल रु ३७ लाख ५७ हजार र फाक्तेपको चङुजिवा खोलामा रु २९ लाख ७२ हजारको लागतमा झोलुंगे पुल निर्माण हुन लागेको हो । 

पुल निर्माणको लागि कुल लागत रु चार करोड ११ लाख रहेको छ । कुल लागतको तीन/तीन प्रतिशत गाउँपालिका र जिल्ला समन्वय समिति, दुई प्रतिशत उपभोक्ता समिति र बाँकी ९२ प्रतिशत नेपाल सरकार झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको लगानी रहने साझेदारी संस्था सिरिजङगा ग्रामीण विकास केन्द्रअन्तर्गत झोलुंगे पुल निर्माणका कार्यक्रम संयोजक दीपक बोहोराले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते