२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गाईपालनबाट मासिक एक लाख भन्दा बढीआम्दानी

२०७४, २७ पुष बिहीबार १०:५७

 पुस २७, पाल्पा, (रासस) |तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन् । 

गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । रेश्मीले अहिले गोठमा ३२ ओटा गाई पाल्नुभएको छ । अन्य पेशा व्यवसायभन्दा सजिलो र दैनिक आम्दानी लिन सकिने भएपछि उहाँ गाईपालन व्यवसायमा सक्रिय हुनुहुन्छ । 

वैदेशिक रोजगारबाट फर्केर उहाँले तीनओटा गाईबाट व्यवसाय शुरु गर्नुभएको हो । विदेशबाट फर्केर गाईपालन गर्नेमा अर्गली बौघापोखराथोक, मदनपोखरा, रामपुरलगायत क्षेत्रका युवा बढी रहेका छन् । 

मलेसिया, साउदी अरब, कतार लगायतका देशबाट फर्केर यहाँका युवा गाईपालन तथा तरकारी खेतीमा लागेका छन् । सदरमुकाम तानसेनदेखि नजिकै रहेको उक्त बस्तीका बासिन्दा तरकारी, दूध तथा स्थानीय उत्पादनले बजार पाउने भएपछि व्यावसायिक रुपमा पशुपालन र कृषि उत्पादनमा केन्द्रित बनेका हुन् । 

स्थानीय बासिन्दा मानु रेश्मी १२ वटा गाईबाट दैनिक १२० लिटर दूध बिक्री गर्न सफल हुनुभएको छ । घरपरिवारसँग बसेर नै गाईपालनबाट आम्दानी गर्न सकिने भएपछि विदेश जान नपर्ने उहाँले बताउनुभयो । सहकारीमार्फत दैनिक ५०० लिटरभन्दा बढी दूध सदरमुकाममा बिक्री गरिँदै आएको छ । 

गाईपालन व्यवसायबाट स्थानीय युवा मासिक रु ५० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्न सफल भएका छन् । पर्याप्त आम्दानी लिन थालेपछि गाईपालन व्यवसायमा युवाको आकर्षण बढेको हो । विदेशबाट फर्केका युवाले सामूहिक रुपमा गाईपालन र तरकारी खेती गर्न थालेका छन् ।

विसं २०६७ मा वैदेशिक रोजगारीबाट फर्केका यहाँका १० जना युवा गाईपालनमा जुटेका छन् । विसं २०७० मा चिनारी दुग्ध उत्पादन सहकारी संस्था स्थापना गरी विदेशबाट फर्केका युवाले गाईपालन, दूध संकलन, बजार व्यवस्थापन, ऋणको व्यवस्थालगायत काम गर्दै आएका सहकारीका अध्यक्षय टीकाराम रेश्मीले बताउनुभयो । सहकारीमा ६५ घरपरिवार आवद्ध रहेकामा २७ परिवारले व्यावसायिक गाईपालनबाट मनग्य आम्दानी गर्दैआएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण