Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ पुष २७ गते, राति ११:३५ बजे बैतडी - BTD, समाज

बैतडीका नर्सहरुले कालोपट्टी बाधेर सेवा दिए

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु/पुस २७, बैतडी । बैतडीका नर्सहरुले पनि नेपाल नर्सिङ संघको आव्हानमा भईरहेको आन्दोलनमा ऐकिवद्धता जनाउदै कालो पट्टी बाँधेर विरामीहरुलाई सेवा दिएका छन् ।

पुर्व घोषित आन्दोलन तालिका अनुसार बिहीवार पनि हातमा कालोपट्टी बाँधेर उनीहरुले सेवा दिइरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका नर्स जमुना विश्वकर्माले जानकारी दिईन् । नेपाल नर्सिङ संघको अव्हानमा बैतडी लगायत देशभरिका नर्सहरु आन्देलित भएका हुन् ।

११ बुँदे माग अघि सार्दै नर्सहरु आन्दोलनमा छन् । आफुहरुका माग पूरा नभए भोलिदेखि ३० गतेसम्म सवै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म ड्युटी छाड्ने निर्णय गरेको विश्वकर्माको भनाई छ ।

उक्त  अवधिमा माग पूरा नभए माघ १, २ र ३ गते १० देखि १ अर्थात् ३ घन्टा ड्युटी छाड्ने घोषणा गरेका छन् । त्यसैगरी ४, ५ र ६ गते सवै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने भएका कार्यक्रम छ ।

मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको “नर्स बिरामीको अनुपात” सबै अस्पतालमा यथाशीघ्र लागू लगायत ११ वटा माग छन् ।