१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भारतबाट फूल आयात गरी व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता

४ माघ २०७४, बिहीबार ०५:५३

अजितकुमार झा/ माघ ४, सुनसरी |  सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा पर्याप्त मात्रामा फूलको उत्पादन नहुदा भारतबाट विभिन्न प्रजातिका फूल आयात गरी व्यवसाय सञ्चालन गर्न फूल व्यवसायी बाध्य छन् । फूलको व्यावसायिक खेती गर्न नसक्दा नेपाली अझै पनि भारतीय फूलको भर पर्नु परेको छ । 

बिहेबारी गर्ने बेला, कसैलाई सम्मान तथा सत्कार गर्नुपर्ने होस् या घर सजाउनका लागि फूल आवश्यक पर्दछ । विभिन्न समयमा फूल आवश्यक हुन थालेपछि खरिद गर्ने उपभोक्तासमेत बढ्दै गएका छन् । तर फूलको माग बढे पनि फूल व्यवसायको प्रवद्र्धन गर्न नसक्दा फूलको कारोबारमा नेपाल भारतनिर्भर हुनुपरेको छ । 


सुनसरीको धरानमा यस वर्ष पनि फूल प्रवद्र्धनका लागि दोस्रो पुष्प मेलाको आयोजना गरिएको छ । गत पुस २७ गतेदेखि शुरु भएको मेलामा दैनिक जसो रु पाँच लाखभन्दा बढीको कारोबार हुने गरेको छ । तर स्थानीय उत्पादन हुन नसक्दा भारतबाट फूल ल्याएर बिक्री–वितरण गर्नुपर्ने बाध्यता रहेको इलामका फूल व्यवसायी मनोज गोलेको भनाइ छ । 

फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्याङ्कअनुसार प्रत्येक वर्ष ५० प्रतिशतभन्दा बढी फूल तथा शत्प्रतिशत फूलका बीउ बिजन भारतबाट आयात हुने गरेका छन् । भारतबाट ल्याइएका फूलको बिक्रीले व्यवसायीलाई फाइदा भएपनि उपभोक्ता भने मारमा परेको धरानका फूल व्यवसायी राजेशकुमार राईले बताउनुभयो । 

फूल व्यवसायलाई कृषि उत्पादनसँग जोड्न सके स्थानीय स्तरमा उत्पादन भएका फूल भारतलगायत अन्य देशमा निर्यात गर्न सकिने सम्भावना छ । तर राज्यले फूल उत्पादन तथा व्यवसायमा प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्न आवश्यक रहेको प्mलोरिकल्चर एसोसिएसन नेपालका सुनसरी सचिव प्रेम पराजुलीले बताउनुभयो । 

नेपालको कूल आम्दानीमा ० दशमलव ०५ प्रतिशत योगदान गर्दै आएको फूल व्यवसायलाई प्रवद्र्धन गर्दै नेपाली उत्पादनलाई अन्य मुलुकमा निर्यात हुने गरी उत्पादन बढाउन आवश्यक छ । नत्र आफ्नै ठाउँमा उत्पादन हुने फूल अन्य मुलुकबाट ल्याउनु पर्दा मुलुकको आर्थिक वृद्धि नहुनेमा कुनै दुई मत देखिँदैन । त्यसैले यस विषयमा सरोकारवाला निकायले सोच्नुपर्ने बेला आएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार