१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अपराधीलाई कानूनी दायरामा ल्याउँछु: प्रहरी अतिरिक्त महानिरीक्षक नेपाल

५ माघ २०७४, शुक्रबार ०७:०३

माघ ५,बाजुरा | प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले अपराधका क्रियाकलाप गर्नेलाई कानूनी दायरामा ल्याउने बताउनुभएको छ । 

त्रिवेणी नगरपालिका–९ पैमामा निर्माण भएको बडीमालिका प्रहरी चौकीको उद्घाटन गर्दै नेपालले शान्तिपूर्ण वातावरणमा रहेको समाजलाई बिगार्ने र विभिन्न अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने बताउनुभयो । 

अहिलेको प्रदेश मुकामको विषयलाई लिएर बन्द हडतालन गर्नु उपयुक्त नभएको उहाँको भनाइ थियो । “आन्दोलन गर्नु नै अपराध बढाउनु हो,” उहाँले भन्नुभयो । नेपालले जिल्लाको सुरक्षाका लागि जिम्मेवारीपूर्वक कार्य गर्न निर्देशन दिनुभयो । 

प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्तिकोष तथा प्रहरी क्षेत्रीय भवन कार्यालयको रु ५० लाख २१ हजार लागतमा सो भवन ठेक्का प्रक्रियाबाट निर्माण गरिएको हो । 

जग्गादातालाई सम्मान 

बडीमालिका प्रहरी चौकी निर्माणका लागि निःशुल्क जग्गा सहयोग गर्ने जग्गादातालाई जिप्रका बाजुराले सम्मान गरेको छ । त्रिवेणी नगरपालिका–९ का १० जना जग्गादातालाई सम्मान गरिएको हो । 

सम्मानित हुनेमा त्रिवेणी नगरपालिका–९ का राजेन्द्र खत्री, मन्धिरे खत्री, डम्बर खत्री, बिर्ख खत्री, अमरसिं खत्री, नन्द खत्री, रामबहादुर थापा, दल थापा, धनराज खत्री र चेतराज पाध्याय रहेका छन् । उनीहरुले प्रहरी चौकीका लागि करिब पाँच रोपनी जग्गा निःशुल्क दान गरेका हुन् । 

यस्तै, भवन निर्माणमा सहयोग गर्ने बडीमालिका मन्दिरका पुजारी नेत्रप्रसाद पाध्याय, पार्वती माविका प्राचार्य कर्ण थापा, साइमल दमाईं र कल्धरी साउदलाई प्रहरी अतिरिक्त महानिरीक्षक नेपालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । यसैगरी, एसइई परीक्षामा उत्कृष्ट अंंक ल्याउने सुस्मिता थापालाई पुरस्कृत गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार