2026-09-13 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोट: मिल सञ्चालन भएपछि घण्टौ हिँड्नु पर्ने बाध्यता हट्यो

माघ ५, कालिकोट । हातमा घडि हुँदैन थियो । गाउँमा भाले बासेपछि गाउँका महिलाहरु घरघरबाट जम्मा हुन्थे र हुल बाँधेर भारी बोकर पानी घट्ट जाने यात्रा शुरु हुन्थ्यो । घट्ट जाँदै गर्दा आधा बाटो पुगेपछि मात्र उज्यालो हुन्थ्यो । 

आधा घण्टाको सिधा बाटो र झण्डै दुई घण्टाको उरालो बाटो हिँडेपछि रेंगिल पुगिन्थ्यो । जहाँ बदालकोटको खोला कर्णालीमा पुगेर मिसिन्थ्यो त्यहाँ पानी घट्ट पनि थिए । 

तर त्यहाँ पुग्ने वित्तिकै घट्टमा आफुले लिएको अन्न पिस्न पाउँने पालो आउने सम्भावना कम हुन्थ्यो । पालो कुरेर घट्टमा लिएको अन्न पिसाए पछि बिहान दुई घण्टा लगाएर झरेको ओरालो बाटो चढ्न त झण्डै चार घण्टा लाथ्थ्यो । 

घर पुग्ने बेलासम्म त कहिले रमक्क साँझ परीसकेको हुन्थ्यो भने कहिले भोली पल्ट पनि आउनु पर्ने बाध्यता हुन्थ्यो । ति दिन सम्झदा पनि ताडिकी जीरा पाण्डेलाई आज पनि पीडा बल्झिएको महसुस हुन्छ । तर समाजले यसरी बिकासमा फड्को मारेकोमा उनी दङ्ग छिन् ।

हरेक दिन अन्न पिसाउन पानी घट्टको भर पर्नु पर्ने र धानलगायतका अन्य समाग्रीहरु पिसाउन ओखल, ढिकी र जाँतोको भर पर्नु पर्ने बाध्यता गाउँमा सडक पुगेसंगै अन्त्य भए पछि कालीकोटको खाँडाचक्र नगरपालिका वाड नं. ३ ताडिका महिलाहरुको दैनिकी फेरिएको छ । दिनभरी लगाएर पानी घट्टमा पिसाएर ल्याएको पिठो कहिले सकिन्छ भन्ने चिन्ता सधै भइरहन्थ्यो । 

घरमा पाहुना आएको समयमा झन् घट्ट जाने दिन घिटो आउथ्यो । तर आज त्यो समय बदलिएको छ । घरको बारीमा गरिएको तरकारी खेतीबाट भएको कमाइले गाउँमा मिल सञ्चालन गरेपछि यहाँका महिलाहरुको दैनिकी फेरिएको हो ।

ताडिकी जिरा पाण्डेले गाउँमा नै मिल स्थापना गरेपछि यहाँका महिलाको घट्ट जाने समस्या मात्र कम भएन जिराको मासिक आम्दानी पनि बढ्दै गएको उनले बताईन् ।

विगत लामो समयदेखी तरकारी खेती गर्दै आएकी जिरा पाण्डेले तरकारी बेचेकै पैसाबाट मिल सञ्चालन गरेकी हुन् । हाल उनले त्यही मिल सञ्चालनबाट मासिक ६० हजारदेखि ७० हजार रुपैयाँ आम्दानी गर्दै आएकी छन् भने गाउँका सयौ महिलालाई सेवा पनि दिइरहेकी छन् । 

‘मेरो मिलमा पिठो मात्र पिस्न मिल्छ’ उनले भनिन्, ‘यसबाट भएको आम्दानीले परिवारको खर्च काटेर साढे लाख लाख जति बचत हुने गरेको छ ।’

एक दशक लामो समयदेखि व्यवसायिक तरकारी खेती गर्दै आएकी पाण्डेले घरमा पालेको भैसीको दुध र तरकारी बेचेर बचाएको ५ लाख रुपैयाँले गाउँमा मिल स्थापना गरेको बताईन् । उनको मिलेमा मकै प्रति किलो ८ रुपैयाँ र अन्य जौ, गहुँ, कोदोलगायतका अन्नहरु प्रति किलो ७ रुपैयाँका दरले पिसाउने गरिएको बताईन् । जसबाट भएको आम्दानीले छोराछोरीको पढाई खर्च, पारिवारिक घर खर्च समेत कटाएर मासिक ६० हजार बचत गर्दै आएको उनले बताईन् ।

मिलमा  मकै पिसाइ रहेकी उर्मिला पाण्डेले विगतको परम्परागत घट्टमा पिठो पिस्न जाँदा निकै दुख भोग्नु परेको भन्दै गाउँमा मिल सञ्चालनले महिलाहरुलाई राहत मिलेको बताईन् । 

उनले विगतमा १० पाथी मकै पिसेर ल्याउन २∕३ दिन समय लाग्ने र धेरै पटक घट्टमा जानु पर्ने समस्या रहेको बताउदै अहिले विहान घरमा आगो बालेर मिलमा आई पिठो पिसेर खाना पकाउने समयमा फर्किने गरेको भन्दै खुशी व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले