2026-09-16 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतमा नहर मर्मत नहुँदा खेत बाँझै

माघ ११, पर्वत | जिल्लाको मुख्य खाद्यान्न उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको खेत सिँचाइको अभावमा बाँझै रहेको छ । 

गत जेठमा सडक निर्माणको क्रममा पुरिएको नहर मर्मत नहुँदा फलेबास नगरपालिका–४, मुडिकुवाको झण्डै दुई हजार ५०० रोपनी उर्बर फाँट बाँझो बनेको हो । 

कालीगण्डकी लोकमार्गअन्तर्गत फलेबास–दोबिल्ला सडक विस्तारको क्रममा नहर पुरिएको हो । नहर मर्मत गर्न कुनै निकायले चासो नदिँदा खेत बाँझो रहेको स्थानीयवासी शालिग्राम लामिछानेले बताउनुभयो । सिँचाइको एक मात्र विकल्पको रूपमा रहेको उक्त नहर सञ्चालनमा नआउँदा यस वर्ष धान उत्पादनमा दुई तिहाइले कमी आएको उहाँको भनाइ छ । 

अहिले हिउँदे तरकारी लगाउने समयमा पनि खेत बाँझो रहेकामा यहाँका किसान निराश छन् । तरकारी, गहुँ, तोरी, फापरलगायत खेती हुने ठाउँ बाँझै छ । गत जेठमा नहर पुरिएपछि अधिकांशले आकाशेपानीको भरमा धान रोपाइँ गरेका थिए । अहिले पानी नपर्दा खेत जोत्न समस्या भएको छ । 

“अघिल्लो वर्ष २१ मुरी धान फलाएकी हुँ, यस वर्ष मुस्किलले आठ मुरी मात्रै फल्यो,” स्थानीयवासी विष्णुकुमारी लम्सालले भन्नुभयो, “कुलो नहुँदा अन्न उब्जाउन समस्या भएको छ ।” 

नहरको मूल झण्डै पाँच किलोमिटर टाढा लमाए खोलामा रहेको छ । विगत चार वर्षअघि नहर बनेपछि किसानले मौसमी, बेमौसमी तरकारी तथा खाद्यबालीबाट पर्याप्त आम्दानी गर्दै आएका थिए । मुडिकुवाका सिर्सुवा, एक्लेफाँट, तल्लोसेरा, बाह्रबिसे, नौबीसे, छबीसे, सातबीसेलगायत फाँट अझै सिँचाइको अभावमा बाँझै छन् । तरकारी बेचेर आम्दानी गर्ने यहाँका कृषक अहिले बजारबाट किनेर खानुपर्ने अवस्थामा पुगेका स्थानीयवासी घनश्याम भुसालको भनाइ छ । 

सडक निर्माणको ठेक्का लिएको कम्पनी आशिष फेवा नयाँबाटोले बिग्रिएको कुलो मर्मत गर्ने आश्वासन दिए पनि कार्यान्वयन भने गरेको छैन । आयोजनाका प्रतिनिधि नीलकुमार राईले नहर मर्मतमा आयोजना पक्ष सकारात्मक भएको बताउनुभयो । “हामीले त्यतिबेलै मर्मत गरिदिन्छौँ भनेका हौँ” उहाँले भन्नुभयो, “उपभोक्ता आफैँले बनाउँछौँ भनेपछि उहाँहरूकै जिम्मा लगाएका हौ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल