१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रामेछापको देवीटारमा फलेको हलुवा वेदको जाम र जेली बन्यो

१३ माघ २०७४, शनिबार ०८:५८


रामेछाप । माघ १३,कैलाश खत्री ।

यसअघिका बर्षमा केही आफै खाने र केहि आफन्तहरुलाई दिएर सकिने देवीटारको हलुवावेद यो बर्ष भने जाम बनेर बजारमा आउने भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नं १३ फुलासी देविटार फाँटमा सयौँ बोटमा फलेको हलुवावेद यो बर्ष भने आम्दानीको स्रोत बन्‍न पुगेको छ । घरेलु तथा साना उद्योग विकास समिति रामेछाप र सुनौलो साना किसान कृषि सहकारी संस्था फुलासीले १० दिने उद्यमशिलता तालिम र ७ दिने जाम जेली बनाउने सिप विकास तालिम दिएपछि देवीटारका स्थानीयहरुले हलुवावेदवाट जाम र जेली बनाएका छन् ।


२० हजारको लगानी गरी उनीहरुले बर्षेनी त्यतिकै खेर जाने हलुवा वेदलाई जाम र जेरी बनाई नगदमा विक्रि गर्ने भएका हुन् । यो बर्ष करिव २० हजार मेट्रिकटन हलुवावेद फलेको स्थानीय कृषकहरुले बताएका छन् । उनीहरुले १ सय ५० बोतल जाम बनाएका छन् भने १० लिटर जुस र तीन बोतल जेली बनाएको सुनौला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु प्रसाद काफ्लेले जानकारी दिए । 


देवीटारमा खेर गैरहेको हलुवावेदलाई जाम जेली बनाएर स्थानीयहरुले उदाहरणीय काम गरेको बताउदै मन्थली नगरपालिकाका उपप्रमुख माया कुमारी कार्कीले आगामि दिनमा नगरपालिकाले घरेलु तथा साना उद्योगको वृद्धि विकासमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने बताईन् । यता उद्योग अधिकृत श्रेष्ठले देवीटारमा बनेको हलुवावेदको जाम जेली स्थानीय तथा बाह्य बजारमा बिस्तार गर्नुपर्ने धारणा राखेका छन् । उनले बजारमा पुर्याउन सकेको खण्डमा स्थानीयको जीवीकोपार्जन एवम् अार्थिक उपार्जनमा सहयोग पुग्‍ने बताए । उक्त तालिममा २० जना सहभागि भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार