Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ १५ गते, बिहान ९:४९ बजे बैतडी - BTD, सूचना प्रबिधि

बैतडीमा इन्टरनेट सुविधा नहुँदा बैंकिङ कारोबार गर्न समस्या

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १५, बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् ।

इन्टरनेटको असुविधाका कारण बंैकिङ सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको शाखा प्रबन्धक शिवराज बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल टेलिकमको भिसेटमार्फत इन्टरनेट जडान गरेको भए पनि इन्टरनेटले काम नगर्दा समस्या भएको हो ।”

पुस १८ गते स्थापना भएको शाखाले कारोबार सञ्चालन गरेको भए पनि सेवा निकै ढिलो भएको सेवाग्राहीले गुनासो गरेका छन् । खाता सञ्चालन गर्नमै एक हप्ताभन्दा बढी लागेको पुर्चाैंडी–४ का सुरेन्द्र धानुकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “इन्टरनेटको असुविधाका कारण समयमै सेवा पाउन सकेका छैनौँ ।” घर नजिकै बैंक आएकाले खुशी भएका नागरिक बैंकिंग सेवा प्रभावकारी नहुँदा निराश हुन थालेका छन् ।

नेपाल टेलिकमको दहतालमा रहेको टावरले घाम लागेको बेला मात्रै काम गर्ने गरेको छ । नेपाल टेलिकम बैतडीका प्रशासन सहायक तीर्थ चौधरीले उक्त समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । पुर्चौंडी क्षेत्रका साबिकका करिब एक दर्जन गाविसका नागरिकले उक्त बैंकबाट सेवा लिँदै आएका छन् । रासस