२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा बगरको उखुखेतीबाट पचास लाख आम्दानी

१५ माघ २०७४, सोमबार ०९:३३

माघ १५, कञ्चनपुर | नदीको बगरमा उखुखेती गरी यहाँका किसानले रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् । 

वर्षा्तमा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आम्दानी हुने भएपछि यहाँका किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको बगरमा उखुखेती गर्दै आएका छन् । 

पाँच वर्षअघिदेखि शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका एक हजार ४२९ घरधुरीले २८० बिघा नदीको बालुवाले भरिएको बगरमा उखुखेती गरेका छन् । बगर अहिले उखुखेती कारण हराभरा भएको छ । लालझाडीका गंगाराम चौधरीले भन्नुभयो, “गतिलो आम्दानी हात पर्दा आर्थिक रुपमा सक्षम भएका छौँ ।” 

किसानलाई उखुखेती गर्नतर्फ डो¥याउनका लागि नेपाल रेडक्रस सोसाइटीले स्थानीय तहसँग समन्वय गरी आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ । उखुको बजारीकरणका लागि स्थानीय एग्रोभेट, सहकारी, चिनीमिलसँग समन्वय र सहकार्य गरिँदै आएको छ । एमरेड परियोजनाका अधिकृत महेश घिमिरेका अनुसार सन् २०१५ मा ६७ बिघा बगरमा सात हजार ७५ क्विन्टल, सन् २०१६ मा ४१ बिघामा ११ हजार ७०७ र सन् २०१७ मा १०१ बिघामा १२ हजार ४५० क्विन्टल उखु उत्पादन भएको थियो । सन् २०१८ मा १६ हजार क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । 

वनहरा, स्याली, सुनवरा, मछेली र दोदा नदीको बगरमा गरिएको उखु खेतीबाट सन् २०१५ मा रु २६ लाख २६ हजार, सन् २०१६ मा रु ४४ लाख ७६ हजार र सन् २०१७ मा रु ४९ लाख ८० हजार आम्दानी भएको थियो । चालू आवमा बगरमा उखुखेती गर्दै आएका किसानले रु ५२ लाखभन्दा बढी आम्दानी गर्न सफल हुने बताइएको छ । 

उखु बाली विस्तार र प्रवद्र्धनका लागि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले महाकाली चिनीमिल, उखु उत्पादक किसान हकहित संरक्षण समिति, स्थानीय सहकारी र कृषि विकास कार्यालयसँग लिखित सम्झौता गरी उखु खेतीको तालीम र कृषिऔजार वितरण गर्दै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली