महेन्द्र केसी

पर्वत । मोदी गाउँपालिका ८ चित्रे बालमैत्री वडा घोषणा भएको छ । प्रदेश ४ कै पहिलो बाममैत्री वडाका रुपमा चित्रे घोषणा भएको हो ।

बालमैत्री स्थानीय शासन अबलम्बन गर्दै निर्देशित सूचक प्राप्तीका कार्य सम्पन्न गरेसँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी

पर्वत । मोदी गाउँपालिका ८ चित्रे बालमैत्री वडा घोषणा भएको छ । प्रदेश ४ कै पहिलो बाममैत्री वडाका रुपमा चित्रे घोषणा भएको हो ।

बालमैत्री स्थानीय शासन अबलम्बन गर्दै निर्देशित सूचक प्राप्तीका कार्य सम्पन्न गरेसँ"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्रदेश ४ कै पहिलो चित्रेलाइ बालमैत्री घोषणा -भिडियो हेर्नुहोस

१६ माघ २०७४, मंगलवार ०४:२२

महेन्द्र केसी

पर्वत । मोदी गाउँपालिका ८ चित्रे बालमैत्री वडा घोषणा भएको छ । प्रदेश ४ कै पहिलो बाममैत्री वडाका रुपमा चित्रे घोषणा भएको हो ।

बालमैत्री स्थानीय शासन अबलम्बन गर्दै निर्देशित सूचक प्राप्तीका कार्य सम्पन्न गरेसँगै चित्रेलाई प्रदेश ४ कै पहिलो बालमैत्री वडा घोषणा गरिएको हो । पर्वतका प्रतिनिधिसभाका सांसद पदम गिरी, प्रदेशसभा (क) का सांसद नेत्रनाथ अधिकारीले संयुक्त रुपमा चित्रेलाई बालमैत्री घोषणा गरेका हुन् ।

कार्यक्रममा सांसद पदम गिरीले बाल्दै जिल्लालाई बालमैत्री घोषणा गर्नको लागि अभियान चलाउनुपर्ने बताए । वडामात्रै सिमित नरहि जिल्लालाइनै बालमैत्री जिल्लाका रुपमा घोषणा गर्न अग्रसर हुनुपर्नेमा जोड दिए । जिल्लाका ६१ वडानै बालमैत्री हुनुपर्नेमा उनको जोड थियो । गिरीले अब बामगठबन्धनको सरकार बनेलगत्तै देशमा विकासको मुल फुट्ने बताए । पाँच बर्षको लागि आफूले काम गर्ने जनताको जनमत प्राप्त गरेका कारण सोही अनुसार आफूहरुले काम गर्ने प्रतिबद्धता जनाए । गिरीले अब जिल्लाको विकास गर्नको लागि आफूहरु अग्रसर हुने बताए ।

प्रदेशसभा कका सांसद नेत्रनाथ अधिकारीले सवै विकासको लागि अग्रेसर हुने बताए । अब जिल्लालाई देशकै नमूना जिल्लाका रुपमा विकास गर्नको लागि सवै तह र तप्काका व्यक्तिहरु लाग्नुपर्ने बताए । उनले पनि पाँच बर्षको लागि जिल्लाको विकास गर्नको लागि जनादेश प्राप्त भएका कारण सोहि अनुसार काममा लाग्ने बताए ।

अधिकारीले बालमैत्री मात्रै नभएर जिल्लालाई आत्मानिर्भर बनाउनेतर्फ पनि सवै लाग्नुपर्ने बताए । स्थानीय स्रोत र साधनको प्रयोग गर्दै स्वरोजगार हुने बाटोतर्फ उन्मुख हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रमम समानुपातिक तर्फ प्रदेशसभाकी सांसद ललितकला गुरुङ, पूर्व सांसद कल्पना चापागाई, जिल्ला समन्वय समितिका संयोजक मनोहरि वि पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल लगायतले आफ्नो भनाइ राखेका थिए ।

पर्वत खुला दिशामुक्त जिल्ला घोषणा भैसकेको छ भने पूर्ण साक्षर जिल्ला घोषणा यहि माघ १८ गते हुने तयारी छ । त्यस्तै पूर्ण सरसफाइ वडा र धुवामुक्त घोषणा वडाको अभियान चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार