Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पाका स्थानीय सरकार कृषिमा रुपान्तरण गर्न प्रतिवद्ध

२०७४, १६ माघ मंगलवार ०५:४६

उमा केसी / माघ १६, रोल्पा | परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गरी आधुनिक कृषि पद्धति अवलम्बन गर्ने गरी बजेट नीति तथा कार्यक्रम तय गर्ने रोल्पाका स्थानीय सरकारका प्रमुखले प्रतिबद्धता जाहेर गरेका छन् । 

जिल्ला कृषि विकास कार्यालय रोल्पा र कृषि क्षेत्र सम्बद्ध सरकारी र गैरसरकारी संस्थाले जिल्लाका दशवटै स्थानीय सरकारका प्रमुखका लागि आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागी स्थानीय सरकारका प्रमुखले सो प्रतिबद्धता जाहेर गरेका हुन् । 

जिल्लामा व्यावसायिक कृषिमा समेत आकर्षण बढिरहेको भएपनि अधिकांश किसान अझै परम्परागत र निर्वाहमुखी कृषिमै आश्रित रहेकाले उक्त पद्धतिमा व्यापक सुधार गर्नुपर्ने स्थानीय सरकारका प्रतिनिधिले सुझाव दिएका छन् । आधुनिकतासहितको व्यावसायिक कृषिले मात्र जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सकिने भएकाले कृषि क्षेत्रमा हालसम्म सोच्दै आएको शैलीमा समेत रुपान्तरण गर्नुपर्ने उनीहरुको भनाइ थियो । 

जिल्लाका सबै स्थानीय तहले कृषि क्षेत्रको पञ्चवर्षीय योजना बनाई कार्यान्वयन गर्नुपर्ने प्रदेशसभा सदस्य दीपेन्द्र पुनले सुझाव दिनुभयो । सामान्य लगानी मेहनत र इच्छा शक्तिले कृषिमा क्रान्ति सम्भव नभएको बताउँदै पुनले सोचाइ, लगानी र मेहनतमा ठूलो परिवर्तन ल्याए मात्र कृषिमा क्रान्ति सम्भव रहेको विचार व्यक्त गर्नुभयो । अर्थतन्त्रको सुधारका लागि कृषि क्षेत्रको सुधार जरुरी रहेको औँल्याउँदै पुनले भन्नुभयो जिल्लामा हजाराँै युवायुवती कृषिमै आश्रित रहेकाले उनीहरुलाई त्यसमै रमाउने वातावरण सिर्जना गरौँ । 

कृषि क्षेत्रमा देखिएका सबै समस्यालाई हल गर्दै सबै स्थानीय तह कृषिमा आत्मनिर्भर हुनसके जिल्लाको संवृद्धि हुने रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । जीविकोपार्जनको आधार मात्र नभई आर्थिक विकासको आधार पनि कृषि भएकाले यसको विकासका लागि स्थानीय सरकार योजनाबद्ध ढंगले लाग्नुपर्ने केसीको सुझाव थियो । 

जिल्लाका स्थानीय सरकारका प्रमुख एकै थलोमा बसेर कृषि क्षेत्रको विकासका लागि देखाएको प्रतिबद्धताले आफू हौसिएको जिल्ला कृषि विकास कार्यालय, रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो । पहिलो पटक स्थानीय सरकारमार्फत कृषि क्षेत्रको ठूलो बजेट कार्यान्वयन हुन लागेको औँल्याउँदै अनुभवको कमीका कारण केही स्थानीय सरकारले चालू आवमा कम बजेट विनियोजन गरेको भए पनि आगामी आवमा यसको दायरा बढ्ने आफूले विश्वास लिएको श्रेष्ठले बताउनुभयो । 

जिल्लामा कृषि क्षेत्रको विकासका लागि भन्दै मन्त्रालयबाट रु पाँच करोड ६२ लाख ७८ हजार प्राप्त भएकोमा १० वटा स्थानीय तहले सभाबाट रु पाँच करोड ७७ लाख चार हजार विनियोजन गरेका छन् । विनियोजन गरेकोमध्ये रुन्टीगढी गाउँपालिकाले जिल्लामै सबभन्दा धेरै रु एक करोड ९० हजार कृषि क्षेत्रमा विनियोजन गरेको छ भने सबभन्दा कम बजेट सुकिदह गाउँपलिकाले रु १५ लाख मात्र विनियोजन गरेको छ । 

रोल्पा नगरपालिका र त्रिवेणी गाउँपालिका समेत यस वर्ष कृषि क्षेत्रमा कम बजेट विनियोजन गर्ने स्थानीय तहको रुपमा देखिएका छन् । उनीहरुले क्रमशः रु २९ लाख ६० हजार र ३६ लाख ४० हजार मात्र विनियोजन गरेका छन् ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ