Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतबाट अलपत्र चेलीको उद्धार: भन्छिन्- ‘मलाई कान्छी आमाले फेरी बेच्न पञ्जाब पुर्याउछिन्’

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ १७, कपिलवस्तु | आमाको मृत्यु पश्चात १७ बर्षकी -&nbsp; किशोरी गुल्मीको रिडी घर बताउने ( पुजा थापा) नाम परिवर्तनको जिबनमा कहाली लाग्दा दिनहरुले&nbsp; झेल्न थाल्यो कारण उनकै कान्छि आमा थिइन् घर जानुपर्छ भनेपछि आँसुको धारा बग्ने ती अबोध किशोरी बारम्बार मलाई घर नलैजानु मलाई फेरी कान्छी आमाले बेच्न पञ्जाब पुर्याउछिन् भन्ने शब्दले सहजै थाहा पाउन सकिन्छ ती किशोरीलाई चरम पिडा थियो भन्ने ।<br></p><p>किशोरीलाई २०७४/१०/१३ गतेको दिन भारतको&nbsp; मुल प्रवाह अखिल भारत नेपाल एकता समाज नगर समिती चण्डीगढ अन्तर्गत मोहाली एरीयामा&nbsp; अलपत्र&nbsp; अवस्थामा उद्धार गरीएको थियो । उद्धार पश्चात निज चेलीलाई बिगत १० बर्षदेखि मानब बेचबिखन तथा लैंङ्गिक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था के.आई. नेपालले संरक्षणमा लिएको छ । संरक्षण पश्चात सोधपुछको क्रममा निज चेलीको केहि बर्ष अगाडी दुर्घटनामा परि आमा र दाईको मृत्यु भएको र उनको&nbsp; बावाले&nbsp; दोस्रो बिवाह गरेको खुल्न आएको छ ।&nbsp; बाबाको बिहे पश्चात निजलाई उनको सौतेनी आमाले हेर्ने दृष्टी राम्रो थिएन निज चेलीको भनाईलाई उद्धत गर्दै “मलाई पहिला पनि भारतको बिहार भन्ने ठाउँमा बेच्ने योजना र अहिले पञ्जाबमा बेच्ने योजना बनाएका थिए तर म भाग्न सफल भए मेरो १ दिदी केहि महिना अगाडी देखी सम्पर्कमा छैनन्” किशोरीले रुँदै बताइन् । आवश्यक प्रकृया र परामर्श पश्चात अझै बास्तविक घटना केहो भन्ने कुरा इ.प्र.का रिडी र त्यहाँको स्थानीय निकायले समेत निगरानीमा राखेको छ । हाल निज किशोरीको बाबा आमा दुबै रिडीमा नरहेको बुझिएको छ ।</p><p>बास्तबिक घटनाको बारेमा इप्रका रिडीसंग निरन्तर समन्वय गरि प्रकृया अगाडी बढाउने इ.प्र.का कृष्णनगरका प्रमुख शुभास गैरेले जानकारी गराउनु भयो । चेलीको न्याय र संक्षणका लागि के.आई नेपालले सहायता गर्ने र के.आई नेपालको सुरक्षित आवास गृह चितवनमा बिभिन्न सीप विकास तालिम प्रदान गरि आत्म निर्भर गराउने उदेश्यले लैजाने तयारी भएको के.आई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिश्वकर्माले जानकारी दिए ।&nbsp; &nbsp;</p>