८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पामा पनि मकै छोडाउने कर्न सेलरको माग बढ्दै

१९ माघ २०७४, शुक्रबार ०४:३३

कविता उपाध्याय/माघ १९, रोल्पा । रोल्पामा कर्न सेलर (मकै छोडाउने मेशिन) निकै प्रभावकारी भएपछि यसको माग बढ्दै गएको कृषक समूहले बताएका छन् । 

विकास सरोकार समाज (डिकोस) रोल्पाद्वारा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन कार्यक्रम (पहल) परियोजनाले जिल्लामा काम गर्दै आएका साविकका छवटा गाविसमा कर्न सेलर प्रदर्शनीपश्चात् वितरण गरेपछि यसको माग बढ्दै गएको हो । 

कार्यक्रम लागू भएका साविकका थबाङ, मिरुल, ह्वामा, धबाङ, फगाम र जेलबाङ गाविसका कृषकले कर्न सेलरको प्रयोग निकै प्रभावकारी बन्दै गएपछि आसपासका छिमेकी कृषक पनि निकै आकर्षित बन्दै गएको बताएका छन् । 

कार्यबोझ घटाउने, समयको बचत हुने तथा मकै समयमै भण्डारण गर्न सजिलो हुने भएको हुँदा कर्न सेलर निकै प्रभावकारी भएको आयआर्जन कृषक समूह रोल्पा नगरपालिका–९ रिस्वाङका ३५ वर्षीय कृषक हर्कमान पुनमगरले बताउनुभयो । 

यस्तै, सुनौलो कृषक समूह, जेलबाङ, रोल्पाका ३३ वर्षीय राजकुमार रोकाले विगतका दिनमा मकै हातले चुटेको स्मरण गर्दै कर्न सेलरमार्फत सहजै मकैको गेडा छोडाउन सकिने भएपछि आफूहरुलाई छिटो छरितो तथा कामगर्न सहज भएको भन्दै खुशी व्यक्त गर्नुभयो । 

कृषि क्षेत्रको व्यावसायिकरण बारेमा किसानले नबुझेको हुँदा कार्यक्रम सञ्चालन भएका शुरुशुरुका दिनमा काममा समस्या तथा चुनौती देखिएका थिए । तर पछिल्ला दिनमा कृषकको सक्रिय सहभागिताका कारण पहलद्वारा सञ्चालित सबैजसो कार्यक्रम प्रभावकारी बन्दै गएको पहलअन्तर्गत सञ्चालित कृषि कार्यक्रमका कार्यक्रम अधिकृत सूर्यकिरण डाँगीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पछिल्ला दिनमा विभिन्न किसिमका तालीम पाएसँगै कृषकमा थप उत्साह देखिन थालेको छ । तर पनि जिल्लाका सबै स्थानमा कृषकको मागअनुसार कर्न सेलर उपलब्ध गराउन नसकेको उहाँले दुःखेसो पोख्नुभयो । 

डाँगीका अनुसार कर्न सेलर एक किसिमको यन्त्र हो । यस्ले घोगाबाट मकै छोडाउनमा सहजता ल्याउछ । पुरानो परम्पराअनुसार लाठीले मकै चुट्दा धेरै समय लाग्ने, थकान हुने तथा गाह्रो हुने भएपनि कर्न सेलरले छोटो समयमा सहजै काम हुने भएपछि कृषक यसतर्फ आकर्षित बन्दै गएको उहाँको भनाइ छ । 

डाँगीका अनुसार जिल्लाका धेरैजसो कृषकले यसको सोधीखोजी गरिराखेका छन् । आफ्नो कार्यक्रममार्फत कार्यक्रम लागू भएका साविकका छवटा गाविसका कृषक समूहबाहेक अन्य कृषकलाई कर्न सेलर उपलब्ध गराउन नसकिने भएको हुँदा सरकारी तथा गैरसरकारी कार्यालय र विशेषगरी जिल्लामा सञ्चालित एग्रोभेट सेन्टरले कर्न सेलर उपलब्ध गराउन सके कृषकलाई सहज हुने डाँगीले बताउनुभयो । 

जिल्लामा कर्न सेलर उपलब्ध गराउन सके व्यापारी तथा कृषकलाई दोहोरो फाइदा हुने भएको हुँदा यसतर्फ एग्रोभेटको ध्यानाकर्षण हुनुपर्नेमा उहाँको जोड छ । रोल्पाका अधिकांश कृषक कृषि पेशामा नै निर्भर भएको हुँदा समय अनुकूलका कृषि यन्त्र, बीउबिजन तथा अन्य कृषिसम्बन्धी माग पूरा हुन सकेमात्र यस क्षेत्रको उल्लेखनीय विकास सम्भव हुने शिक्षक नवराज सुवेदीले बताउनुभयो । 

अमेरिकी संस्था युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित पहल कार्यक्रम २०७१ पुस महिनादेखि जिल्लाका साविकका छवटा गाविसमा सञ्चालनमा रहेको छ । यो कार्यक्रम २०७६ मा सम्पन्न हुने पहल कार्यक्रमका जिल्ला संयोजक लोकबहादुर थापाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन