२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नुवाकोटमा कृषि सेवा केन्द्र स्थानीय तहसम्म

२३ माघ २०७४, मंगलवार ०६:४१

माघ २३, नुवाकोट | जिल्ला कृषि विकास कार्यालय मातहत रहेका कृषि सेवा केन्द्र स्थानीय तहमा समायोजन गरिएको छ । 

छ स्थानमा रहेका सेवा केन्द्रले प्रवाह गर्दै आएको सेवा स्थानीय तह मातहत सञ्चालन हुने कानुनी प्रावधान भएकाले हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । केन्द्रमा रहेका कर्मचारी गत भदौदेखि नै स्थानीय तहमार्फत हाजिरी प्रमाणीकरण गर्दै आएकामा औपचारिक रुपमा कर्मचारीसहित भौतिक संरचना (भवन), कार्यालयका कागजात, उपकरण, फर्निचरलगायत सामग्री स्थानीय तहअन्तर्गत नगर तथा गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरिएको हो । 

जिल्लाका विदुर नगरपालिकाको देवीघाट, लिखु गाउँपालिकाको चौघडा, शिवपुरीको थानापति, मेघाङको देउराली, ककनीको रानीपौवा र तादीको खरानीटारमा सेवा केन्द्र सञ्चालनमा छन् । 

सेवाकेन्द्रबाट प्रवाह हुने कार्यक्रम यसअघि जिल्ला कृषि विकास कार्यालयअन्तर्गतका कार्यक्रम सञ्चालन हुँदै आएकामा अब भने स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम सञ्चालन गर्ने भएका छन् । डा गैरेका अनुसार सेवा केन्द्रको हस्तान्तरणसँगै जिल्ला कृषि विकास कार्यालय पनि हस्तान्तरणका लागि लगत संकलन शुरु भएको छ । 

विद्युतीय हाजिर कापी 

नेपाली युवा वैज्ञानिक दाजुभाइ राम र लक्ष्मण रिमालले यहाँको एक विद्यालयलाई विद्युतीय हाजिरी उपकरण उपलब्ध गराएका छन् । 

आफूले प्राथमिक तहसम्मको शिक्षा प्राप्त गरेको बेलकोटगढी नगरपालिका–१२ देउरालीस्थित चण्डादेवी माविलाई उनीहरुले विद्युतीय हाजिरी उपकरण निःशुल्क प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज सेढाईंले बताउनुभयो । 

विद्युतीय हाजिरी उपकरणले शिक्षकलाई विद्यालयमा समयमा नै उपस्थित भएर जिम्मेवार बनाउन र विद्यार्थीलाई नियमित उपस्थित गराउन सहयोग मिल्ने विद्यालयका प्रअ माधव सिलवालको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य