२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्यूठानमा भिषण आगलागी: १० घर खरानी, विपन्न परिवारको विचल्ली

२६ माघ २०७४, शुक्रबार ०३:१२

माघ २६, प्यूठान । सरुमारानी गाउँपालिका–२ अदुवाबारी बांगेशाल प्यूठानका नीमबहादुर दर्लामी छोरीको विवाहको तयारीमा जुटिरहेका थिए । छोरी प्रिती दर्लामीको आइतबार विवाह गरिदिने निधो भइसकेको छ। 

उनले गाउँभरी विवाहको निम्तो समेत गरिसकेका छन्। विवाहका लागि चाहिने सबै खर्चको समेत दर्लामीले जोहो गरिसकेका थिए। तर, बुधबार राति घरमा भएको आगलागीले उनको सबै सपना चकनाचुर बनाइदियो। ‘गाउँभरी पाँचसय जनालाई निम्तो गरिसकेको छु’,बिलौना गर्दै उनले भने,‘विवाह हुने तीनदिन अघि यस्तो विपत्ती आइलाग्यो।’


बांगेशालकै ददेरीमा छोरीको विवाह गर्ने तयारीमा रहेको उनले सुनाए। ‘छोरीलाई दाइजोका लागि दराज, बक्सपलङ र सुन किनिसकेको थिए’,दर्लामीले भने,‘एकतोला सुन थियो सबै जल्यो।’ उनको मात्र घरमा आगलागी भएन्। सँगै जोडिएका दुई भाइको पनि घर जलेर नष्ट भयो। खरले छाएको घर भएकाले सवैको घर जल्यो। 

दाजुभाई कुलबहादुर र नुम बहादुर दर्लामीको समेत घर जलेर नष्ट भएको छ। घरमा भएका लत्ताकपडा, भाडाकुडा, कागजात सबै ध्वस्त भएका छन्। ‘केटाकेटीले आगो चलाउँदा सबै घर जलेर नष्ट भए’,निमबहादुरले भने,‘जति प्रयास गर्दापनि निभाउन सकिएन।’

गाउँमा आगलागी हुँदासमेत गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरु भने बेखवरजस्तै बनेको पीडितहरुले गुनासो गरेका छन्। अर्कोदिन बितिसक्दासम्म पनि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत वडा अध्यक्षहरु आफूहरुको पीडामा साथ नदिएको पीडितहरुले गुनासो पोखे। चुनावमा घरघरमै भोट माग्न आएका नेताहरुले घरमा आगलागी हुँदासमेत वेवास्ता गरेको गुनासो अग्नी पीडितहरुको छ।

गाउँपालिकामा कर्मचारी छनौट गर्नुपर्ने भएकाले पीडितहरुको गाउँसम्म पुग्न नसकिएको सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले प्रतिक्रिया दिएका छन्। ‘आइटी अफिसरको छनौट गर्नुपर्ने भएकाले पुग्न सकिएन’,टेलिफोनमा प्रतिक्रिया दिँदै विश्वकर्माले भने,‘बुधवार दाङमा थियौँ। अर्कोदिन गाउँपालिकामै व्यस्त भयौँ। पीडितहरुले राहतको महशुस गर्नेगरी काम गर्नेछौ।’ गाउँपालिकामा दैवीप्रकोप उद्दार कोषमा करिव १२ लाख रुपैयाँ बजेट रहेको उनले बताए।

बांगेशाल सहित ऐरावती गाउँपालिका–४ गोहजा धुवाङमा समेत आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन्। दुवै गाउँपालिकामा गरी खरले छाएका दश घर जलेर पूर्ण रुपमा नष्ट भएका हुन्। विपन्न परिवारका सदस्यहरुलाई घरजलेपछि दिन बिताउन मुश्किल परेको छ। बालवच्चा, बृद्धबृद्धाहरुलाई जीवन बिताउन धेरै कठिन भएको छ।

घरमा भएका सबै सामग्री जलेर पूर्णरुपमा नष्ट भएपछि धेरै समस्या भएको पीडितहरुले गुनासो गरेका छन्। धुवाङमा एकै सन्तानका सात दाजुभाइको घरमा आगलागी भएको गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी गराए। 

स्थानीय टेक बहादुर पुन, ओम बहादुर, सुमित्रा, बोम बहादुर, रुम बहादुर, निखिल र पदम पुनको घरमा आगलागी भएको छ। ‘बोम बहादुर पुनको घर छाउन लागेका थिए’,स्थानीय गोविन्द पुनमगरले भने,‘सुरुमा उहाँकै घरबाट आगो निस्क्यो। 

झिल्को उछुट्टिएर आगलागी भएको पाइएको छ।’ बुधबार बिहान नौ बजे आगलागी भई सबै ध्यस्त भएको उनले बताए। ओम बहादुर र सुमित्रा पुनको घरको अवस्था अत्यन्तै दयनीय भएकाले अझ कष्टपूर्ण देखिएको उनले जानकारी गराए। सबैको घर जोडिएर रहेकाले आगो नियन्त्रण गर्न समस्या भएको उद्दारमा खटिएका सुरक्षा टोलीले बताएका छन्।

दुवै स्थानमा भएको आगलागीबाट कम्तीमा ६० जना सदस्य प्रत्यक्ष प्रभावित भएका छन्। उनीहरुलाई दैनिक उपभोग र सुरक्षित आवासका लागि समस्या पर्ने देखिएको छ। आगलागीबाट लाखौँको क्षति भएको छ। एकिन तथ्यांक शुक्रबारसम्म आउने जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले जानकारी गराए। 

आगलागीको खवर पाएलगत्तै प्रजिअको नेतृत्वमा स्थलगत रुपमा पुगेर राहत सामग्री वितरण गरिएको छ। प्रति घरपरिवार दश/दश हजार रुपैयाँ नगद प्रदान गरिएको उनले बताए। नेपाल रेडक्रस सोसाइटीले लत्ताकपडा, भाडाकुडा, त्रिपाल लगायत सामग्री प्रदान गरेको सभापति गुमानराज पुलामीले जानकारी गराए।

तत्कालका लागि पाँच/पाँच हजार रुपैयाँ राहत प्रदान गरिएको ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी गराए। उनले अभियानै बनाएर राहत संकलन गर्ने समेत बताए। 

पीडितहरुलाई प्रति घरपरिवार तीन/तीन बण्डल जस्तापाता सहयोग गर्ने घोषणा धुवाङ स्थलगत रुपमा पुगेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोख्रेलले गरेका छन्। -अन्नपूर्ण पोष्टबाट 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा