३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाद्धारा वलात्कृत हुने पालो अव पुरुषको: गुल्मीमा यस्तै घटना घट्यो

२७ माघ २०७४, शनिबार ०७:२०

प्रेम सुनार/माघ २६, गुल्मी । गुल्मीमा सम्भवत पहिलो पटक एक महिलाले एक पुरुषलाई वलात्कारको प्रयास गरेकी छन् । 

घटना माघ १ गतेको हो तर हालै मात्र यस घटनाको खुलासा भएको हो । भर्खरै खुलासा भएको  घटना अनुसार धुर्कोट गाउँपालिका वडा नम्वर ४ जैसीथोको वडा कार्यालयमा र धुर्कोट वस्तु प्रहरी चौकीमा एक महिलाले पुरुषलाई वलात्कारको प्रयास गरेको उजुरी परेको छ  ।

वडाध्यक्ष मानबहादुर कुँवरसंग सम्पर्क राख्दा उनिहरुको नाम गोप्य राखी दिन आग्रह गरे । उनका अनुसार दुवै जना ४० वर्ष उमेर नाघेका महिला र पुरुष हुन ।

ति पुरुष छिमेकीको घरमा गएका थिए । जुन घरको एक कोठामा तिन जना महिलाहरु थिए । ति मध्येकी एक महिलाले ति पुरुषको लिङ्गमा स्पर्श गर्न सुरु गरेको र पछि अध्याधिक उन्मादमा आई जोड संग लिङ्ग बटारी दिएको ति पुरुषले बताएका छन् ।

वडाध्यक्ष कुँवरका अनुसार लिङ्गमा गम्भीर असर परेपछि उनलाईै जिल्ला अस्पताल तम्घासमा ल्याईएको थियो । तम्घासबाट रिफर भई उनि अहिले भरतपुर अस्पतालमा उपचार गराई रहेका छन् ।  

स्थानियका अनुसार उनी एकदमै सोझा व्यक्ति हुन् ।  दुई वटी श्रीमति विवाह गरेर पनि उनले वास्ता नगरेपछि ति महिलाहरुले छाडेर भाई वुहारीहरुसंग वसेका छन् ।

उनको यौन शक्ति परिक्षणका लागि पनि उन्मत्त महिलाले उनको लिङ्ग स्पर्शको प्रयास गरिएको हुन सक्ने स्थानियको अनुमान छ । धुर्कोट वस्तु प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक शेरबहादुर थापासंग सम्पर्क राख्दा उनले त्यस्तो उजुरी परेको बताए ।

उनले भने–‘अहिले ति पुरुषको उपचार भई रहेको हुँदा डाक्टरको रिर्पोट नआए सम्म अनुसन्धानकै क्रममा छ, मैले जिल्लामा डिएसपी सावलाई समेत जानकारी गराई सकेको छु ।’

ति महिलाले सुरुमा मैले उपचार खर्च ब्यहोर्छु, थाना चौकी नगराउँ भनेको तर अहिले मैले होईन भन्ने गरेको एक जनप्रतिनिधीले बताए । ति महिलाका श्रीमान भारतमा रोजगारीमा रहेका छन् । 

ति पुरुषका उजुरीकर्ता उनकी भाई बुहारी रहेको प्रहरीले बताएको छ । उनिहरु दुवै दलित समुदायका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली