2026-09-14 07:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङ, बुटवल र कोहलपुर क्षेत्रमा महानगरपालिका बनाउनुपर्ने

माघ २८, बुटवल (रासस) | नेकपा (एमाले)का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले समग्र ५ नं प्रदेशलाई नै विकासको दृष्टिले समृद्ध नमूना प्रदेश बनाउने बताउनुभएको छ । 

उहाँले ५ नंं प्रदेशमा रहेका तीनवटा शहर बुटवल, दाङ, र कोहलपुर क्षेत्र आसपासका नगरपालिका तथा क्षेत्रहरु समेटेर तीनवटा महानगरपालिका बनाउने लक्ष्यका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । 

पश्चिम नेपाल बस व्यवसायी संघको २३ औँ वार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले यसक्षेत्रमा संचालित विकासका परियोजनामा कुनै हेलचेक्रयाइँ नगर्न आग्रह गर्नुभयो । पूर्वाधार निर्माणमा स्रोतको कमी हुन नदिने भन्दै उहाँले निर्माण आयोजना समयमा नसक्ने र गुणस्तरमा हेलचेक्रयाइँ गर्ने निर्माण कम्पनीलाई कारबाही हुने चेतावनी दिनुभयो । 

उहाँले यातायात क्षेत्र सेवामूलक व्यवसाय भएकाले सर्वसाधारण यात्रुहरुलाई दिने सेवालाई पहिलो जिम्मेवारी सम्झन आग्रह गर्नुभयो । उहाँले धेरै समस्या र व्यवधानकाबीच यातायात क्षेत्र गुज्रिएकाले समस्या समाधानका लागि नीतिगत प्रबन्ध मिलाउनु जरुरी रहेको बताउनुभयो । 

सो अवसरमा नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल, संघका पूर्वअध्यक्ष सूर्यबहादुर भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष निरु गौतमलगायतले यातायात व्यवसायलाई मर्यादित बनाउन व्यवसायीलाई सुझाव दिनुभयो । 

कार्यक्रममा संघमा आबद्ध व्यवसायीका छोराछोरीमध्ये लुम्बिनी अञ्चलका सबै जिल्लाबाट एसइई परीक्षा–२०७३ मा उत्कृष्ट हुने एकएक जना छात्रछात्रालाई जनही नगद रु १० हजार तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । 

त्यसैगरी, वर्षभरि अनुशासितरुपमा सवारी साधन सञ्चालन गर्ने र दुर्घटना नगर्ने सवारी चालकलाई पनि पुरस्कृत गरिएको थियो । यसैबीच, पश्चिम नेपाल बस व्यवसायी संघले समाचारको माध्यमबाट यातायात क्षेत्रको सुधार, विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकार विष्णु घिमिरेलाई सम्मान गरेको छ । 

लामो समयदेखि बुटवललाई कार्यथलो बनाई पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार घिमिरेलाई नगद रु १० हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ