२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

तरकारी खेतीमा अनुदान

१ फाल्गुन २०७४, मंगलवार ०६:३२

फागुन १, कञ्चनपुर | तरकारी खेतीमार्फत युवालाई स्वरोजगार बनाउका लागि बेलौरी नगरपालिकाको कृषि शाखाले अनुदान रकम उपलब्ध गराएको छ । 

युवा लक्षित कार्यक्रमअन्तर्गत आठजना युवालाई रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो । 

एक वर्षमा दुई मौसममा एक बिघा खेतमा व्यावसायिक तरकारी खेती गर्नका लागि अनुदान रकम उपलब्ध गराइएको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताउनुभयो । विदेशिने युवालाई गाउँमै रोजगारीका अवसर प्रदान गरी स्वरोजगार बनाउन रकम प्रदान गरिएको उहाँको भनाइ छ । 

“अनुदान पाएका युवालाई मौसमी र बेमौसमी तरकारी खेतीबारे प्राविधिक ज्ञान दिएर दक्ष बनाउँछौ,” उहाँले भन्नुभयो, “अनुदान रकम प्रदान गरी तरकारी खेतीका लागि प्रोत्साहित गरिएका युवालाई स्वदेशमै विदेशभन्दा बढी कमाइ गर्न सक्षम बनाउँछौ ।” 

शाखाले प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रमअन्तर्गत २० वटा पकेट क्षेत्र निर्धारण गरेको छ । दश हेक्टर जग्गामा धान, गहुँ, उखु, तरकारी र तोरी खेतीका पकेट क्षेत्र निर्माण गरी किसानलाई अनुदान रकम उपलब्ध गराउने योजना रहेको शाखाका प्राविधिक हरिश सेठीले बताउनुभयो । 

पकेट क्षेत्र बनाई खेती गर्ने किसानलाई शाखाका तर्फबाट रु दुई लाख नौ हजार र किसानले त्यत्तिकै रकमको व्यवस्था गरी खेती गर्नुपर्ने उहाँ बताउनुहुन्छ । सो कार्यक्रममार्फत सहकारी र कृषक समूहलाई प्रोत्साहित गरिनेछ । कार्यक्रमका लागि सूचना प्रकाशित गरिएकामा पकेट क्षेत्र निर्धारण गरी खेती गर्नका लागि २६ वटा सहकारी र समूहले निवेदन दर्ता गराएका छन् । छनोटमा परेका समूह र सहकारीलाई अनुदान रकमसँगै प्राविधिक सेवा उपलब्ध गराइनेछ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो