पढ्न करिब 2 मिनेट लाग्छ

प्रेम सुनार/फाल्गुन २, गुल्मी । गुल्मीको वलिथुम गाउँमा जाँड रक्सी सेवन गरी श्रीमति कुटपिट गर्ने एक पुरुषलाई स्थानिय महिला समुहले घरबाट बाँधेर गाउँ डुलाउँदै सार्वाजानिक चौपारीमा ल्याई केश मुण्डप गरेर, सिस्नोपानी लगाएर कार्वाही गरेका छन् ।

गुल्मी दरवार गाउँपालिका वडा नम्वर १, वलिथुम निवासी ईस्वरी भण्डारीलाई यस्तो कारवाही गरिएको हो ।

उनकी श्रीमति ईन्द्रकला भण्डारीले महिला समुह गुहारे पछि गाउँका सारा महिलाहरु जुटेर घरमा सुति रहेका भण्डारीलाई उठाएर हात र कम्मरमा डोरीले बाँधेर गाउँ डुलाई स्थानिय सार्वाजानिक चौपारीमा ल्याई केश मुण्डम गरी सिस्नोपानी लगाउँदै कारवाही गर्दा पनि भण्डारीले मदिरा सेवन गर्न नछाड्ने अडान लिई रहेका थिए ।

उनकी श्रीमति ईन्द्रकलाले भनिन रात दिन रक्सी खाँदै कुटेर ज्यान जोगाउन मुस्कील भए पछि महिला समुह गहारेकी हुँ । एक सन्तान रहेकी ईन्द्रकलाले आफुले निमेक मजदुरी गरेर जुहार गरेको खान पनि नदिने, रातै दिन कुट्ने भए पछि सहन नसकेको बताईन् ।

यस्तो सार्वाजानिक स्थानमा सारा महिलाले आफ्नो श्रीमानलाई जथाभावि गर्दा तपाईको मन दुख्दैन ? भन्ने प्रश्नमा उनले भनिन दुख त लाग्छ क्यारे तर उहाँ सुध्रिनु हुन्छ कि भनेर सवैलाई गुहारेकी हुँ ।

स्थानिय महिला समुह र समाज सेवीहरुले भण्डारीलाई सुधार गर्न सकिन्थ्यो कि भनेर यस्तो कार्वाही गरिएको बताए । साविकको वलिथुम गाविस जनजाती समुदायको वाहुल्य रहेको गाउँ हो ।

जहाँ घरेलु मदिरा पाईने भए पनि यस्तो खालको घरयासी समस्या र कारवाही अहिले सम्म गरिएको थिएन् ।