2026-09-15 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मापसे गरेर एम्बुलेन्स हाक्ने चालक र एचए नै प्रहरी फन्दामा

नरी बडु/फागुन २, बैतडी । मादक पदार्थ सेवन गरेर सवारी चलाउदा विभिन्न समयमा दुर्घटना भएका खबरहरु बेलाबेलामा आइरहने गर्दछन् ।

मापसे गरेर जुनसुकै सवारी साधन चलाउन पाईदैन तर बिरमीलाई छिटो छरितो अस्पताल लग्न भनेर प्रयोग हुने एम्बुलेन्सलाई बिना कुनै रोकटोक गन्तव्यमा जाने व्यवस्थापनि मिलाइएको छ ।

अब सोच्नुहोस मापसे गरेका व्यक्तिलेनै एम्बुलेन्स हाक्यो भने हालत के होला ? यस्तै भएको छ बैतडीमा, गएको मंगलबार मापसे गरी प्राथमिक स्वास्थ्य केन्द्र पाटन, बैतडीको एम्बुलेन्स चलाइरहेका चालक र सोही प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरथ एचएलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक मुद्धा चलाएको छ ।

एम्बुलेन्स जस्तो सम्बेदनसिल सवारीसाधन चलाउदा समेत मापसे गरेको आरोपमा चालक र एचए दुबैलाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख हेरम्ब शर्माले बताए ।

शर्माका अनुसार मापसे गरेर सवारी चलाउने जुनसुकै सवारीसाधनका चालकहरुलाई पक्राउ गरी सार्वजनि मुद्धा चलाउने काम तिब्र रुपमा भईरहेको छ ।

गाडीमा यात्रा गर्दा चालकले मापसे गरेर चलाईरहेको थाहा भएमा उक्त गाडिमा बसेका जुनसुकै सवारी र अन्य व्यक्तिहरुले प्रहरीको टोल फ्रि नम्बर १०० मा सिधा सम्पर्क गरी दुर्घटना हुनबाट जोगाउन समेत जिल्ला प्रहरी कार्यालय बैतडीले सबै नागरिकहरुमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ