२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहिबार राष्ट्रपति गुल्मी आउने, सुरक्षा व्यवस्था आजैदेखि कडा

२०७४, ३ फाल्गुन बिहीबार १४:४५

प्रेम सुनार/फाल्गुन ३, गुल्मी । भाली गुल्मीको रिडी र भुवाचिदीका गरी दुई विद्यालयका बेग्ला बेग्लै कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी आउने भए पछि आजै देखि सुरक्षा व्यवस्था कडा पारिएको  छ । 

रिडीको संस्कृत तथा साधरण माध्यमिक विद्यालयको सतवार्षिकी समारोमा र  भुवाचिदीको त्रिभुवन माध्यामिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्वोधन गर्न राष्ट्रपति भण्डारी आउने कार्यक्रम रहेको छ ।

सुरक्षा व्यवस्थाका सम्वन्धमा हामीले गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद खनाल संग जिज्ञाषा राख्दा उनले सुरक्षा व्यवस्था आजै देखि कडा पारिएको जानकारी दिए ।  

हामी आज रिडीमा पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुराज ढकाल सहित संयुक्त बैठक बस्यौं प्रमुख जिल्ला अधिकारी अर्यालले भने पाल्पा, गुल्मी र स्याङ्गजा समेतको सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतम, प्रदेश सांसद कमलराज श्रेष्ठ, उता मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, प्रदेश सांसद खड्ग केसीले राष्ट्रपति गुल्मी आउनुलाई गौरवको रुपको रुपमा लिएर स्वागतका लागि आफुहरु व्याग्र प्रतिक्षामा रहेको बताए । 

नगर प्रमुख सापकोटाले  र ति दुवै विद्यालयले गुल्मीका सवै सञ्चार माध्यममा सुचना प्रवाह गरी सारा जिल्लावासी र छिमेकी जिल्लावासीलाई समेत राष्ट्रपति भण्डारीको स्वागतका लागि निमन्त्रणा गरेका छन् ।

भोली विहान राष्ट्रपति भण्डारी कालिगण्डकीमा स्नान गर्ने ऋषिकेश मन्दिर सहित विभिन्न मठ–मन्दिरमा दर्शन र रुरु क्षेत्रको अवलोकन गर्ने र त्यस लगत्तै रिडीको संस्कृति तथा साधरण माध्यामिक विद्यालयको सतवार्षिकी समारोहमा शरिक हुने त्यस पति भोली नै त्रिभुवन माध्यमिक विद्यालय कुर्घा भुवाचिदीको स्वर्णमहोत्सवमा सहभागि भई राजधानी फर्किने कार्यक्रम रहेको जनाईएको छ ।  

गणतन्त्र पछि गुल्मीमा राष्ट्र प्रमुखको यो दोश्रो भ्रमण हो भने राष्ट्रपति भण्डारीको यो पहिलो भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध