Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण ०५ गते, अपराह्न ४:५४ बजे कृषि गतिबिधी, पश्चिमी रुकुम - RKM

मह बेचेरै कमाउँछन् ओमप्रकाश महिनाको आधा लाख

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन ५, रुकुम । गाउँघरमा गरिखाने कुनै मेलो नभेट्दा एकताका रुकुमको सिस्ने गाउँपालिकाका ओमप्रकाश खड्का विदेश जान ठिक्क पर्नुभएको थियो । घर खर्च चलाउने मेसो पनि नहुँदा उहाँलाई निकै गाह्रो परेको थियो ।

त्यसैबेला कसैले उहाँलाई लाग्यो एक पटक मौरी पालेर हेर्छु । २०६२ सालदेखि मौरी पाल्न सुरु गरेका ओमप्रकाशको मौरी पालन गर्ने निर्णय सहि भएको छ । मौरीपालनले उहाँलाई सफल उद्यमी मात्र बनाएको छैन वार्षिक लाखौँ रुपैयाँ आम्दानी पनि दिलाइदिएको छ ।

१२ वर्षअघि एक घारबाट मौरी पाल्न शुरु गर्नुभएका खड्का अहिले रुकुम जिल्लाकै प्रख्यात मौरीपालक कृषकका रूपमा परिचित हुनुहुन्छ । ‘सुरुमा पाँच सय रुपैयाँ ऋण लिएर एक घारबाट मौरी पाल्न शुरु गरेको हुँ, त्यसलाई दोब्बर, तेब्बर बनाउँदै अहिले ७५ घार पुर्‍याएको छु’ ओमप्रकाशले भन्नुभयो।

वर्षमा दुई याममा मह निकाल्ने गरेको र एक याममा २५० देखि ३०० किलोग्रामसम्म मह उत्पादन हुने गरेको उहाँले बताउनुभयो । ओमप्रकाशले उत्पादित मह प्रतिकिलो ६ सय रुपैयाँ र मौरीसहितको घारलाई तीन हजार रुपैयाँमा बेच्ने गर्नुभएको छ ।

मह र मौरीसहितको घार बिक्रीबाट अहिले उहाँको वर्षको ६ लाख रुपैयाँ नाफा कमाइ छ । मह बिक्रीबाट आएको पैसाले आफ्ना पाँच छोराछोरीलाई पढाउनुका साथै नौ जनाको घरखर्च व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो ।

उत्पादित महमध्ये ६० प्रतिशत जिल्लाबाहिर निर्यात हुने गरेको र बाँकी जिल्लाभित्रै खपत हुने गरेको खड्काले बताउनुभयो । उत्पादित मह काठमाडौँं, नेपालगञ्ज, पोखरा, दाङ लगायतका ठाउँमा निर्यात हुने गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत ओमप्रकाश अहिले मौरीपालन प्रशिक्षकको रुपमा अरुलाई तालीम दिने गर्नुहुन्छ । रासस