२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

६ फाल्गुन २०७४, आईतवार ०७:३२

पाल्पा ६, फागुन | कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । 

सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेशा, व्यवसाय, रोजगार छाडेर गाईपालनमा लागेका हुन् । कृषकको आम्दानी उकास्न र उनीहरुलाई दूध उत्पादनबाट आत्मनिर्भर बनाउने उद्देश्यले कृषकको घरदैलोमै पुगेर निःशुल्क ढुवानी खर्चमा दूध खरिद गर्दै आइरहेको सहकारीका व्यवस्थापक गोपाल जिसीले बताउनुभयो । 

“कृषकले दूध उत्पादन गरे मात्र भयो, गोठदेखि बजारसम्म दूध बिक्री गर्ने जिम्मा सहकारीले लिएको छ,” उहाँले भन्नुभयो । सहकारीमा हाल दैनिक तीन हजार लिटर जति डुम्रे आसपास क्षेत्रबाट दूध संकलन हुने गरेको जिसीको भनाइ छ । यस सहकारी संस्थामा तीसवटा व्यावसायिक पशुफार्म दर्ता भएका छन् । सहकारीले घरमै आएर दूध खरिद गर्न थालेपछि व्यवसाय गर्न सजिलो भएको माथागढी गाउँपालिका–२ रुप्सेका अगुवा कृषक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । दूध बिक्री गरेर छोराछोरीलाई उच्च शिक्षा दिन, घरायसी खर्च चलाउन सजिलो भएको उहाँको भनाइ छ । भट्टराईको फार्ममा हाल दशवटा उन्नत जातका गाईबाट दैनिकजसो ८० लिटर जति दूध बिक्री हुन्छ । एक महिनामा दूध बिक्रीबाट रु एक लाखको हाराहारीमा आम्दानी लिँदै आएको भट्टराईले बताउनुभयो । 

त्यस्तै तानसेन नगरपालिका–९ दमकडा बस्ने सुमा बन्जाडेले पनि छिमेकीले घरबाटै दूध बिक्री गरेको देखेपछि गाईपालन व्यवसाय शुरु गर्नुभएको छ । रोजगारीको सिलसिलामा ६ वर्षसम्म विदेशमा पसिना बगाउनुभएकी बन्जाडेले दशवटा गाईको दूध बिक्रीबाट एक महिनामा रु ४० हजारसम्म आम्दानी गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “विदेशबाट घर आए, गाउँमा सबै छिमेकी गाईपालनमा लागेको देखि र दूध खरिद गर्न सहकारीले बिना ढुवानी खर्च घरघरमा पुगेको देखेपछि मैले पनि गाई पाल्न शुरु गरेको हुँ ।” दूध बेच्नकै लागि बजारसम्म जानु नपर्ने, घरबाटै बेच्न पाइने भएपछि कृषकलाई धेरै सजिलो भएको उहाँको अनुभव छ । दूध बिक्रीका लागि सहज वातवरण बनेपछि डुम्रे क्षेत्रका स्थानीयवासीको आम्दानीको स्रोत नै गाईपालन व्यवसाय बनेको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली