Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण १० गते, दिउँसो २:२८ बजे कृषि गतिबिधी, बारा - BR

कलैयामा तरकारीको भाउ घट्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १०, कलैया | बारामा यस वर्ष हिउँदे तरकारी कूल ८४ हजार ५३८ मेट्रिक टन उत्पादन भएको छ ।

कृषि विकास कार्यालयका प्रमुख शवरत्न साहका अनुसार यसवर्ष कृषकले हिउँदे तरकारी फूलकाउली, पातकाउली, भन्टा, मुला, गोलभेँडा, केराउ र साग गरी कूल पाँच हजार ४६० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १५ दशमलव ३० मेट्रिक टनका दरले उत्पादन भएको छ ।

हाल कलैया बजारमा फूलकाउली प्रतिकिलो रु १० देखि रु१५, पातकाउली रु २० देखि रु २५, भन्टा रु २० देखि रु ३०, गोलभेँडा रु २० देखि रु ३०, केराउ रु ३० देखि रु ४०, मुला रु १० देखि रु तथा साग प्रतिमुठा रु पाँचदेखि रु १० सम्ममा बिक्री भइरहेको छ ।

गतवर्ष कृषकले हिउँदे तरकारी कूल पाँच हजार ४७५ हेक्टरमा प्रतिहेक्टर १५ दशमलव ३० मेट्रिक टनका दरले कूल ८३ हजार ८२२ मेट्रिक टन उत्पादन गरेका थिए । रासस