2026-07-27 04:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

माओवादीले भोली प्रधानमन्त्री ओलीको पुत्ला जलाउँदै

प्रेम सुनार | फागुन १०, गुल्मी | प्रधानमन्त्री केपी शर्मा ओलीले  कार्यभार सम्हालेको एक हप्ता नपुग्दै  विप्लव नेतत्वको नेकपा माओवादीद्धारा  उनि पुत्ला दहनमा पर्ने भएका छन् । आज  सो पार्टीको गुल्मी जिल्ला संगठनले  आज एक कार्यक्रमको आयोजना गरी भोली प्रधानमन्त्री ओलीको पुत्ला जलाईने जानकारी दिएको  छ ।

गुल्मी जिल्ला सेक्रेटरी खिम खड्काले आफ्ना दुई नेताहरु सरकारले पक्राउ गरेको विरोमा  भोली देशैभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने  कार्यक्रम रहेको जानकारी दिएका हुन् । ओलीले असरकारको  नेतृृत्व सम्हाले लगत्तै सो पार्टी निकट युवा संगठनको  राष्ट्रिय सम्मेलनमा विराटनगर जाने क्रममा स्थायि कमिटी सदस्य हेमन्तप्रकाश ओली र पोलिटव्युरो सदस्य पदम राईलाइ प्रहरीले गिरफ्तार गरी अहिले सम्म थुनामा राखेको छ ।

त्यसको विरोधमा विभिन्न दवावमुलक कार्यक्रम गर्दै आएको सो पार्टीले आज देशका विभिन्न जिल्ला सहित गुल्मीमा पनि सर्वपक्षिय अन्रकृया कार्यक्रम गरेको थियो । ‘कथित वाम सरकारको ज्यादती र लोकतन्त्र विषयक  नाम दिईएको अन्र्तकृया कार्याक्रममा स्वतन्त्र पुर्वक वाँच्न पाउने अधिकारलाई कुण्ठित गर्र्दै अहिलेको सरकार तानाशाही भएको आरोप लगाईएको छ ।

गुल्मी जिल्ला पार्टी सेक्रेटरी खिम खड्काद्धारा  जारी  विरोध पत्रमा वाम सरकारलाई कथित दक्षिणपन्थी, अवुसरवादी र दक्षिण पन्थी भएको आरोप लगाईएको छ ।   त्यस्तै नागरिक स्वतन्त्रको् धज्जी उडाउँदै्र तानाशाही र हिटलरी शासनको झल्को दिएको , देश र जनताको हितमा काम नगरी केहि मान्छेहरुको विलासी जिवनका लागि मात्र सरकार गठन  भएको, भ्रष्टचारी, कालोवजारीलाई रोक्नुको साटो प्रशय दिएको, कम्युनिष्टको नाममा संसदिय व्यवस्थामा गएको आरोप लगाउँदै यस व्यवस्थाको विरुद्ध आफ्नो पार्टी विद्रोहमा उत्रिएको र  विद्रोहबाटै वैज्ञानिक समाजबाद ल्याउने दावी गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी सो पार्टीका जिल्ला ईन्चार्ज पुरन क्षेत्रीले अहिलेको संसदिय व्यवस्थालार्ई सिमित व्यक्ति र वर्गको खादा मोहत्सवको सज्ञा दिए । ‘मन्त्री बन्ने, खादा ओढ्ने सिवाय अरु केहि हुन सक्दैनउनले भने– यसर्थ यो व्यवस्थालाई हामीले खादा महोत्सव भनेर भन्ने गरेका छौं ।

उनले अख्त्यिार प्रमुख नै भ्रष्ट भएको जनताले बुझि सक्दा पनि भ्रष्टचार विरुद्ध लाग्नु पर्ने सरकारले सुमार्गी जस्ताहरुलाई संरक्षण दिएर राख्नुले यो सरकार भ्रष्टचारीहरुको संरक्षक हो  भन्ने आरोप लगाए । 

अन्तर्गत कार्यक्रम  विभिन्न राजनैतिक आश्था राख्ने वक्ताहरुले पनि शान्तिपुर्वक राजनैतिक गतिविधी गर्न हिडेका नेताहरुलाई पक्राउ गर्र्नु नागरिक स्वतन्त्रको हनन् भएको र राज्यले नै द्धन्द्ध निम्ताउन खोज्नु भएको टिप्पणी गरेका थिए ।  कार्यक्रममा राष्ट्रिय    जनमोर्चाका हरि न्यौपाने, नयाँशक्ति पार्टीका घनश्याम पाण्डे,  ग्रैह सरकारी महासंघका अयष  विष्णुप्रसाद भण्डारी, मानव अधिकारवादी माधव ज्ञवाली लगायतले टिप्पणी गरेका थिए ।

भोली प्रधानमन्त्रीको पुत्ला जलाईने, पर्सी जन्प्रदर्शन गरिने र त्यसबाट पनि सरकाले आफ्ना नेताहरुलाई रिहार्ई नगरे आन्दोलनका थप शसक्त कार्यक्रम गरिने सो पार्टीले जनाएको छ ।  जिल्ला सेक्रेटरी खड्काको अध्यक्षतामा सम्पन्न कार्र्यक्रममा सचिवालय सदस्य प्रशान्त वरालको सञ्चालन रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली