2026-10-27 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

माओवादीले भोली प्रधानमन्त्री ओलीको पुत्ला जलाउँदै

प्रेम सुनार | फागुन १०, गुल्मी | प्रधानमन्त्री केपी शर्मा ओलीले  कार्यभार सम्हालेको एक हप्ता नपुग्दै  विप्लव नेतत्वको नेकपा माओवादीद्धारा  उनि पुत्ला दहनमा पर्ने भएका छन् । आज  सो पार्टीको गुल्मी जिल्ला संगठनले  आज एक कार्यक्रमको आयोजना गरी भोली प्रधानमन्त्री ओलीको पुत्ला जलाईने जानकारी दिएको  छ ।

गुल्मी जिल्ला सेक्रेटरी खिम खड्काले आफ्ना दुई नेताहरु सरकारले पक्राउ गरेको विरोमा  भोली देशैभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने  कार्यक्रम रहेको जानकारी दिएका हुन् । ओलीले असरकारको  नेतृृत्व सम्हाले लगत्तै सो पार्टी निकट युवा संगठनको  राष्ट्रिय सम्मेलनमा विराटनगर जाने क्रममा स्थायि कमिटी सदस्य हेमन्तप्रकाश ओली र पोलिटव्युरो सदस्य पदम राईलाइ प्रहरीले गिरफ्तार गरी अहिले सम्म थुनामा राखेको छ ।

त्यसको विरोधमा विभिन्न दवावमुलक कार्यक्रम गर्दै आएको सो पार्टीले आज देशका विभिन्न जिल्ला सहित गुल्मीमा पनि सर्वपक्षिय अन्रकृया कार्यक्रम गरेको थियो । ‘कथित वाम सरकारको ज्यादती र लोकतन्त्र विषयक  नाम दिईएको अन्र्तकृया कार्याक्रममा स्वतन्त्र पुर्वक वाँच्न पाउने अधिकारलाई कुण्ठित गर्र्दै अहिलेको सरकार तानाशाही भएको आरोप लगाईएको छ ।

गुल्मी जिल्ला पार्टी सेक्रेटरी खिम खड्काद्धारा  जारी  विरोध पत्रमा वाम सरकारलाई कथित दक्षिणपन्थी, अवुसरवादी र दक्षिण पन्थी भएको आरोप लगाईएको छ ।   त्यस्तै नागरिक स्वतन्त्रको् धज्जी उडाउँदै्र तानाशाही र हिटलरी शासनको झल्को दिएको , देश र जनताको हितमा काम नगरी केहि मान्छेहरुको विलासी जिवनका लागि मात्र सरकार गठन  भएको, भ्रष्टचारी, कालोवजारीलाई रोक्नुको साटो प्रशय दिएको, कम्युनिष्टको नाममा संसदिय व्यवस्थामा गएको आरोप लगाउँदै यस व्यवस्थाको विरुद्ध आफ्नो पार्टी विद्रोहमा उत्रिएको र  विद्रोहबाटै वैज्ञानिक समाजबाद ल्याउने दावी गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी सो पार्टीका जिल्ला ईन्चार्ज पुरन क्षेत्रीले अहिलेको संसदिय व्यवस्थालार्ई सिमित व्यक्ति र वर्गको खादा मोहत्सवको सज्ञा दिए । ‘मन्त्री बन्ने, खादा ओढ्ने सिवाय अरु केहि हुन सक्दैनउनले भने– यसर्थ यो व्यवस्थालाई हामीले खादा महोत्सव भनेर भन्ने गरेका छौं ।

उनले अख्त्यिार प्रमुख नै भ्रष्ट भएको जनताले बुझि सक्दा पनि भ्रष्टचार विरुद्ध लाग्नु पर्ने सरकारले सुमार्गी जस्ताहरुलाई संरक्षण दिएर राख्नुले यो सरकार भ्रष्टचारीहरुको संरक्षक हो  भन्ने आरोप लगाए । 

अन्तर्गत कार्यक्रम  विभिन्न राजनैतिक आश्था राख्ने वक्ताहरुले पनि शान्तिपुर्वक राजनैतिक गतिविधी गर्न हिडेका नेताहरुलाई पक्राउ गर्र्नु नागरिक स्वतन्त्रको हनन् भएको र राज्यले नै द्धन्द्ध निम्ताउन खोज्नु भएको टिप्पणी गरेका थिए ।  कार्यक्रममा राष्ट्रिय    जनमोर्चाका हरि न्यौपाने, नयाँशक्ति पार्टीका घनश्याम पाण्डे,  ग्रैह सरकारी महासंघका अयष  विष्णुप्रसाद भण्डारी, मानव अधिकारवादी माधव ज्ञवाली लगायतले टिप्पणी गरेका थिए ।

भोली प्रधानमन्त्रीको पुत्ला जलाईने, पर्सी जन्प्रदर्शन गरिने र त्यसबाट पनि सरकाले आफ्ना नेताहरुलाई रिहार्ई नगरे आन्दोलनका थप शसक्त कार्यक्रम गरिने सो पार्टीले जनाएको छ ।  जिल्ला सेक्रेटरी खड्काको अध्यक्षतामा सम्पन्न कार्र्यक्रममा सचिवालय सदस्य प्रशान्त वरालको सञ्चालन रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला