2026-09-16 10:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्बतमा उत्पादन बढाउन माटो परीक्षण शिविर

फागुन १३, फलेवास (पर्वत) | माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ । 

पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका ११ वटै वडाका किसानबाट माटो संकलन गरी शुक्रबारबाट परीक्षण गर्न थालिएको हो । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले माटो परीक्षण गर्न थालेको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । 

नगरपालिका अन्तर्गतका ११ वटै वडामा खेती गरिँदै आएको ७० भन्दा बढी ठाउँको माटो प्रत्येक वडाको केन्द्रमा ल्याई माटो विशेषज्ञबाट माटो परीक्षण गरिन थालिएको छ । निर्वाहमुखी कृषिमा निर्भर किसानलाई व्यावसायिकतर्फ उन्मुख गराउँदै आयआर्जन बढाउन यस्तो नीति ल्याएको उहाँले बताउनुभयो । 

दिगो कृषि उत्पादनका लागि नगर क्षेत्र भित्रको माटोको पहिचान गरी माटोको गुणस्तरअनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रुपमा विकास गरिने नगर उपप्रमुख मञ्जु अधिकारीले बताउनुभयो । माटो परीक्षण गरिसकेपछि विज्ञको सुझावअनुसार व्यावसायिक रुपमै माटोमा अनुकूल खेतीपाती लगाउन कृषकलाई सहयोग गरिने छ । 

परीक्षणका क्रममा माटोमा अम्लियपन निकै बढ्दै गएको पाइएको माटो विज्ञ टुकबहादुर थापाले बताउनुभयो । माटोमा अम्लियपन बढी तथा नाइट्रोजन, पोटास युक्त मलको कमी हुँदा माटोको सूक्ष्म तत्वसमेत नाश हुँदै जान थालेको उहाँले बताउनुभयो । माटोलाई जीवित राख्नका लागि आवश्यक पर्ने खाद्य तत्वको कमी हुँदै जाँदा बिरुवाले माटोबाट आवश्यकताअनुसार खाद्यपदार्थ लिन नसक्दा उत्पादनमा कमी हुँदै जान थालेको हो । माटोलाई जीवित राख्दै उत्पादन बढाउनका लागि माटोको परीक्षण गराउँदै प्रांगारिक मलको प्रयोग गर्न उहाँले सुझाव दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल