२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

स्वदेशमै लगानी गरेर रोजगारीको अवसर सिर्जना गर्दै झापाका युवा

१३ फाल्गुन २०७४, आईतवार ०७:४३

सुरेन्द्र भण्डारी / फागुन १३ ,झापा | बढ्दो वैदेशिक रोजगारीको मोहका कारण विदेशिने युवाका सामु सुरुङ्गाका युवा नमुना बनेका छन् । 

नेपालमा भनेजस्तो काम नपाइने र कमाइ गर्न पनि नसकिने भन्दै शैक्षिक प्रमाणपत्र काखी च्यापेर मेनपावर धाउनेको जमात पनि उत्तिकै छ । सुन्दर भविष्यको कल्पना गर्दै लाखौँ रुपैयाँ ऋण खोजेर विदेश पुगेका केही युवाले भने राम्रै धन आर्जन गरेका छन् । केही युवा स्वदेशकै लागि मरुभूमिमा पसिना बगाउन बाध्य छन्, कतिपयको त विदेशमै मृत्युसमेत हुँदै आएको छ । 

स्थानीय अर्जुनधारा नगरपालिका–८ का केही युवाले भने विदेशिनुको सट्टा स्वदेशमै लगानी गरेर आत्मनिर्भर बन्नुका साथै अरुका लागि समेत रोजगारीको अवसर दिलाएका छन् । 

विसं २०६५ मा सामाजिक विकासका लागि सहकार्य गर्ने उद्देश्य सहित २९ युवाले सामूहिक लगानी गर्दै सञ्चालनमा ल्याएको पूर्वाद्र्ध कृषि सहकारी संस्था अहिले त्यस क्षेत्रका ७७७ शेयर सदस्यको भरोसाको केन्द्र बनेको छ । उनीहरुसँगै सो सहकारीले धेरैलाई रोजगारीसमेत दिएको छ । 

पशुपालनका लागि उर्वरभूमि मानिएको झापा र त्यसमा पनि अर्जुनधारा नगरपालिका पशुपालनका लागि झनै परिचित छ । सहकारीले पशुपालन व्यवसायलाई अझ व्यवस्थित र कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्दै आत्मनिर्भर बनाउन पूर्वाद्र्ध डेरी उद्योग सञ्चालनमा ल्याएपछि त्यस क्षेत्रका कृषकको जीवनस्तरसमेत बदलिएको छ । 

सहकारीले कृषि विकास मन्त्रालयअन्तर्गत व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को सहयोगमा डेरी उद्योग सञ्चालनमा ल्याएपछि कृषकले उत्पादन गरेको दूध आफ्नै उद्योगमा बिक्री गर्दै दुग्धजन्य परिकार बनाउँदै आय आर्जन गरिरहेका छन् । 

रु दुई करोड २७ लाख ३५ हजार ६३७को लगानीमा सञ्चालनमा रहेको डेरी उद्योगका कारण अर्जुनधारा नगरपालिका क्षेत्रका धेरै युवा विदेशिन छोडेर स्वदेशमै आय आर्जनको बाटोमा लागेका हुन् । डेरी उद्योगको भौतिक पूर्वाधारमा सहकारीका तर्फबाट रु ८२ लाख ९२ हजार ६३७ लगानी छ । यसमा प्याक्टको अनुदान सहयोग रु आठ लाख ५० हजार गरी कूल रु ९१ लाख ४२ हजार ६३७ रहेको बताइएको छ । 

त्यस्तै मेशिनरी औजारतर्फ कूल रु एक करोड ३३ लाख ३८ हजारमध्ये, प्याक्टको तर्फबाट रु ९१ लाख १३ हजार अनुदान सहयोग खर्च भएकामा सहकारीका तर्फबाट रु ४२ लाख २५ हजार खर्च भएको बताइएको छ । सहकारीले आफ्ना शेयर सदस्य र कृषकलाई क्षमता विकास तालीमसमेत प्रदान गर्ने गरेको छ । जसका लागि सहकारीले रु २५ हजार खर्च गरेको छ । वातावरणीय सुरक्षाअन्तर्गत पनि २५ हजार प्याक्टबाट अनुदान सहयोग प्राप्त छ । 

हाल सो उद्योगले दूध तथा दही प्याकेजिङ, पनिर, घ्यूलगायतका सामग्री उत्पादन गरी बिक्री वितरण शुरु गरेको छ । उद्योग सञ्चालनको शुरुवाती दिनमा ५०० लिटर दूध खपत गरिरहेको डेरीले हाल ८०० लिटर दूध दैनिक खपत गर्ने गरेको डेरीका व्यवस्थापक सौरभ उप्रेतीले बताउनुभयो । उद्योगमा अहिले १३ जनाले रोजगारी पाएका छन् । 

योसँगै त्यस क्षेत्रका युवाले वैदिक एग्रो प्लानेट कम्पनी सञ्चालनमा ल्याएका छन् । त्यस क्षेत्रका पाँच युवाले झण्डै रु ३० लाख लगानी गरेर २०७१ सालबाट सञ्चालनमा ल्याएको कम्पनीमा नौजनाले रोजगारी पाएका छन् । 

कम्पनीले १५ बिघा जमिन भाडामा लिएर कृषि गतिविधि अघि बढाएको छ । कम्पनीका व्यवस्थापक केशवराज भण्डारीका अनुसार भाडामा लिएको केही जमिनमा दुई हजार ५०० कागतीका बिरुवा रोपिएको छ भने पशुपालन व्यवसाय पनि सँगै शुरु गरिएको छ । उत्पादित दूध सोही डेरीमा खपत हुँदै आएको कम्पनीका प्रबन्ध निर्देशक कमल भण्डारीले बताउनुभयो । 

त्यस्तै कम्पनीले पूर्वमै पहिलो पटक कालो मासु हुने कडकनाथ जातको कुखुरासमेत पाल्न शुरु गरेको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै