प्रेम सुनार/चैत्र १, गुल्मी । मंगलवार दिउँसो साढे चार वजेको समयमा वलात्कृत भएकी गुल्मीको ईस्माकी ६ वर्षिया बालिका यति वेला अस्पतालको शैयामा छट्पटाई रहेकी छन् ।
यता उनका समाजका केहि मानिसहरु भने उनलाई वलात्कार गर्नेलाई कसरी कम सजाएँ दिउलाउन सकिन्छ भनेर बचाउको चललेखेलमा लागेको सुराक हामीलाई प्राप्त भएको छ ।
उक्त दिन ईस्मा गाउँपालिकावडा नम्वर ३ नयाँपोखराको हनुमान मन्दिर पछाडीको एकान्त स्थानमा ६ वर्षिया वालिका कलिता नाम परिवर्तनलाई सोही गाउँपालिका वडा नम्वर वडा नम्वर ४ दर्लामचौरका प्रमाणगत रुपमा उमेर नखुलेका हिमाल दर्जिले वलात्कार गरेका थिए ।
वलात्कार पछि यौनाङका छेदन भई रक्त श्राप भएर वालिकालाई जिल्ला अस्पतालमा उपचार हुन नसकि बुधवार लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको छ ।
जिल्ला अस्पताल गुल्मीका सुचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझीका अनुसार वलात्कृत वालिकाको यौनी देखि मलद्धार सम्म छेदन भई यहाँ उक्त घाउ सिलाउन सम्भव नभएर पाल्पा रिफर गरिएको हो ।
दोषि दर्जिलाई सुरु कै दिन देखि कम उमेर वोल्न लगाएर नावलक बनाउने चलखेल स्थानिय केहि व्यक्तिहरुले गरिरहेको गोप्य प्रहरी श्रोतबाट समेत जानकारी प्राप्त भएको छ । सुरुमा चौथ वर्षको भएँ भनेर ति दोषिले भनेको । उनको शाररिक अवस्था र विर्य परिक्षणको रिर्पोट हेर्दा १६ वर्ष पुगि सकेको र पछि निजले नै १६ वर्ष पुगे भनेर भने पछि सोही उमेरबाट मुद्धा दर्ता गरिएको प्रहरीले बताएको छ ।
घटना विवरण बताउँदै जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रवत्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले भने निजले चाउचाउ खान जाउँ भन्दै पैसाको समेत प्रलोभन देखाउँदै वलात्कार गरेको र निजलाई हिरासतमा लिएर कार्वाही प्रकृया अगाडी बढाईएको बताए ।
प्रभास अस्पतालका छोरीको उपचार गराई रहेकी उनकी आमा वेला वेलामा भक्कानिन्छिन् । छोरी रुने र डराउने गरिहन्छिन् । त्याहाँबाट टेलिफोनमा हामी संग कुराकानी गर्दै उनकी आमाले भनिन–‘ मेरी छोरीको जिन्दगी वर्वावाद गर्ने निजलाई कडा भन्दा कडा कार्वाही हुनु पर्छ ।
सुरुमा छोरीले लडेर यौनाङ्गमा दाउराको छेस्को पसेर रगत आएको भनेर ढाँटिन , पछि फकाउँदै सोध्धा त्यही हिमालले चाउचाउ खान जाँउ भन्दै मन्दिरमा लगेर जवरजस्ती आफुलाई त्यस्तो कार्य गरेको र आफु धेरैबेर सम्म त्यही वेहोस भएर पल्टेको उनले बताएको आमाले जानकारी दिईन ।
प्रहरीले भने स्थानियतहमा जो जसले चलखेल गरेपनि निजलाई मुलुकी ऐन २०२० को जवरजस्ती करणीको महल अनुसार कार्वाही हुने प्रहरी निरक्षक चौधरीले बताए ।
पछिल्लो एकदशकका बलात्कार घटनाहरु मध्ये गुल्मीमा वलात्कृत हुने सब भन्दा कम उमेर ६ वर्षकी वालिका उनि पहिलो हुन । गत वर्ष आफ्नै वावुले ६ वर्षिया छोरीलाई जवरजस्ती करणी उद्योग गरेको भन्दै प्रहरीमा मुद्धा दायर भएको थिया्े ।