2026-09-02 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वलिथुम महोत्सवको अवसरमा वलिथुमको चिनारी

झट्ट हेर्दा धौलागिरी र मानापाथी हिमालले काख मै च्यापे जस्तो, पहाडले तराईलाई अंगालेर बसे जस्तो, माथी हेर्दा शशीधर स्वामीको तपोभूमि एवं गुल्मीकै पहिचान रेसुङ्गाको शिर, वेशिमा निस्फिक्रि बगिरहेको कञ्चन बडिगाड नदी, वारीपारीबाट दृष्यावलोकन गर्ने जो कोहीलाई पनि मनमोहक लाग्ने, यता सबै जातजाति, भेग, सम्प्रदायहरुको संमिश्रण एवं पुरात्तात्विक महत्वका सम्पदाहरु अवस्थित थुमैथुमहरुको प्रतिनिधि गाउं हो बलिथुम ।

सुन्दा अचम्म लाग्छ, एउटा ग्रामीण भेगमा जन्मिएको क्लवले आफ्नो स्थापनाको दुई दशक बिताएको छ । हो १ बि।स। २०५४ सालमा तत्कालिन बलिथुम ( ८, मा जन्मिएको क्लव हो जनविकास । वैधानिकता प्राप्त गर्ने शिलशिलामा नवजनविकास नाम रहेतापनि जन जनमा यो क्लव जनविकासले नै प्रसिद्ध छ । सामाजिक कुरिति, बिसङ्गति, अन्याय रअत्याचारका विरुद्ध लड्दै दैवि प्रकोपबाट पिडितको उद्धाररराहत वितरण, गरिव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण संगै विद्यालयमा अक्षयकोष स्थापना, सामाजिक जागरणका लागी बिभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु संचालन, वातावरणिय सरसफाई अभियान जस्ता कैयौं दिर्घकालिन महत्व राख्ने कार्यक्रमहरु संचालन गर्दै आएको यो क्लवसंग आफ्नो संस्था जिवनका थुप्रै आरोह अवरोहहरु संग खारिएको अनुभव छ । संस्थालाई मजबुत बनाउन आर्थिक क्षेत्रमा टेवा पुर्याउने विदेशमा काम गर्न गएका यहांका युवाहरु र सामाजिक क्षेत्रमा स्थानिय स्तरबाट हातमा हात मिलाई अगाडि बढ्न प्रतिवद्ध जनसमुदाय नै मुख्य प्रेरणाको स्रोत भएको क्लवका अध्यक्ष चेत प्रसाद राकसकोटी बताउनुहुन्छ ।

सदरमुकाम नजिकै रहेरपनि गुल्मीमा भित्रिएका सयौं सरकारीरगैह्र सरकारी संस्थाहरुको नजर पुग्न नसकेको वा समाज कल्याण परिषद्मा आवद्ध रहेर पनि कुनै संस्थाले छुन नसकेकोरओझेलमा परेको यो क्लव आज २० औं वर्षमा हिड्दै गर्दा पंक्षी संरक्षण सम्बन्धि “जाईका” नामक जापानि संस्थाले सहकार्य गर्दै केही ऐतिहासिक एवं सिर्जनात्मक कार्यक्रमहरु संचालनमा सहयोग गरेको छ । जिल्ला पंक्षी संरक्षण संघको आर्थिक सहयोगमा नवजनविकास युवा परिवारको आयोजनामा यो अर्को ऐतिहासिक कार्यक्रम हो “रेसुङ्गा(बलिथुम संरक्षण महोत्सव” ।

“शिक्षा, स्वास्थ्य, कला(संस्कृति, सभ्यता र खेलकुदको अस्तित्व जोगाऔं” भन्ने मुल नारा बोकेको यो क्लवले मौलिक संस्कृति संरक्षणका लागी यस अघि पनि थुप्रै कार्यक्रमहरु आयोजना गर्दै आएको थियो । यहांको सोरठी, सालैजो, कौडा, सराय नाच, पञ्चेबाजा जस्ता बलिथुमको आफ्नै पहिचान झल्किने खालका संस्कृतिहरुको संरक्षणमा लागेको पाईन्छ । सम्भवतः गुल्मी जिल्लामै प्रथमपटक  २०६५ सालमा “ऐतिहासिक टिकट शो” कार्यक्रम आयोजना गर्ने क्लव यहि हो । परम्परा जस्तै बनेको क्लवको वार्षिकोत्सवको रुपमा मनाईने कार्तिक एकादशीको सांस्कृतिक सांझ र हरेक दश वर्षको अन्तरालमा आयोजना गरिने महोत्सव प्रकृतिका यस्ता भव्य कार्यक्रमहरुले पनि स्पष्ट हुन्छ कि क्लव कुन गतिमा चलायमान छ रु त्यति मात्र होईन, क्लवको आन्तरिक प्रगति विवरण हेर्दा निजि स्रोतबाट सामाजिक कार्यहरुमा आवश्यक पर्ने भांडावर्तन, टेन्ट, साउण्ड सिष्टम, जेनेरेटर, मल्टिमिडिया प्रोजेक्टर, प्रकोप उद्धार सामग्री लगायतले सु(सम्पन्न यस क्लवले स्थानिय रुपमा विद्यालय प्रवेशद्धार निर्माण,  नेटा देखि देविस्थान सम्म “फोहर मलाई” टोकरीको व्यवस्था संगै कार्यालय संचालनका लागी हाल सामुदायिक भवन निर्माण गर्न लागेको छ । उक्त भवन सम्पन्न गर्नका लागी अझैपनि केही आर्थिक अभाव रहेकोले यो महोत्सवले आर्थिक संकलनमा समेत महत्वपुर्ण भुमिका खेल्ने क्लवका पुर्व अध्यक्षर भवनका जग्गादाता एवं महोत्सव आयोजक समितिका संयोजक सुर्य कुंवर मगर बताउनुहुन्छ ।

जिल्ला पंक्षी संरक्षण संघ गुल्मीको आर्थिक सहयोगमा यस क्लवद्धारा यही चैत्र ०८ गते आयोजना हुन लागेको एक दिवसिय “रेसुङ्गा(बलिथुम संरक्षण महोत्सव”मा मुख्यतयाः वनको महत्व, नेपालमा लोप हुन लागेका पंक्षीहरुको पहिचान र तिनको संरक्षण संगै जैविक विविधता क्षेत्रहरुको संरक्षणका लागी चरा, वन, डढेलो, रेसुङ्गा वन र स्थानिय वन सम्बन्धि विशेष जानकारी दिईनेछ । संगै महोत्सवका आकर्षणहरुमा गाउंघरमा लोप हुन लागेको संस्कृतिको संरक्षण स्वरुप स्थानिय सोरठी, पञ्चेबाजा, भजनकृतन, क्लवद्धारा सांस्कृतिक कार्यक्रम प्रदर्शन, कृषि प्रदर्शनी र फरक फरक प्रकारका व्यापारिक स्टलहरु रहनेछन् । एक दिवसिय उक्त महोत्सवले बलिथुमको पहिचान देश विदेशसम्म पुर्याउने महोत्सव आयोजक कमिटीले जनाएको छ । 

लेखक खिम केसी हुन ।  

गुल्मीको वलिथुम घर भई  दुवईमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली