२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु

२०७४, ९ चैत्र शुक्रबार ०९:२५

चैत ९, धनगढी | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीचुहा सडक खण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा से५प४८०३ नं को मोटरसाइकल चालक बर्दिया जिल्ला राजापुरका २४ वर्षीय नेत्र रावल र सोही मोटरसाइकलको पछाडि बसेका कालिकोट जिल्ला राजकोट नगरपालिकाका १८ वर्षीय शिवराज बोगटी रहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

दुर्घटनाबाट घाइते दुई जनामध्ये एक जनाको कोहलपुर मेडिकल कलेज लैजाने क्रममा र अर्का एक जनाको टीकापुर अस्पताल पु¥याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सो मोटरसाइकल विपरीत दिशाबाट गइरहेको से २ प ७९८१ नं को मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका से २ प ७९८१ नं का मोटरसाइकलका चालक कञ्चनपुर बेलौरीका दीपक चौधरीलाई पनि कोहलपुर मेडिकल कलेज उपचार भइरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते