२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

जानकी साहित्य पुरस्कार सुव सेनलाई

१२ चैत्र २०७४, सोमबार ०७:१३

प्रेम सुनार/चैत्र १२, गुल्मी। किरण पुस्ताकालय तम्घास गुल्मीले “जानकी साहित्य पुरस्कार”  साहित्यको क्षेत्रमा सुव सेनका नामले लेखन क्षेत्रमा लागेका बाँझकटेरीका र्सुर्यबहादुर सेनलाई  प्रदान गर्ने निर्णय गरेको छ ।  हिजो गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गदै यस वर्षको जानकारी साहित्य पुरस्कार उनलाई प्रदान गर्ने निर्णय गरिएको आयोजकले जानकारी दिएका हुन्  । विगत लामो समयदेखि नेपाली भाषा,साहित्यका दीर्घसेवक,आख्यानकार,नियात्राकार,नाटककार एवं कवि सेनलाई प्रदान गर्न लागिएको किरण पुस्ताकालयका सचिव दिना पन्थीले जानकारी दिए ।   

सो पुरस्कार आगामी २०७५ सालको मोती जयन्तीका दिन प्रदान गरिने भएको छ  । साहित्यप्रति अत्यन्त रुचीँ राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको स्मृतिमा उहाँको परिवारद्धारा किरण पुस्ताकालयमा स्थापनार्थ जानकी ज्ञवाली गौतम प्रतिष्ठानको अध्यक्षकोषको व्याजद्धारा प्रत्येक वर्ष सो पुरस्कार प्रदान गर्ने बताईएको छ । पत्रकार सम्मेलनको प्रमुख अतिथि समेत रहनुभएका नेपाली कंग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले जिल्लामा पहिलो पटक यसरी जिल्लामा रही साहित्य तर्फ योगदान पु¥याउने स्रस्टाहरुको सम्मान गर्ने यो प्रयासले थप हौसला प्रदान गर्ने बताए । 

पत्रकार सम्मेलनमा ,नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल,  स्वर्गिय जानकी ज्ञवालीका श्रीमान शङकरप्रसाद गौतम  लगायतको आतिथ्यता रहेको थियो । सो सम्मेलनको सञ्चालन गोपाल पन्थीले गरेका थिए । ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली