रेसुङ्गा नगरपालिकाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रेसुङ्गा नगरपालिकाल"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

असक्षम शिक्षकले ठाउँ ओगटेर नबस्दा हुन्छ: मेयर भुसाल

१३ चैत्र २०७४, मंगलवार ०७:३१

प्रेम सुनार/चैत्र १३, गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले असक्षम शिक्षकहरुलाई ठाउँ ओगटेर नवस्न आग्रह गरेका छन् ।


रेसुङ्गा नगरपालिकाले आयोजना गरेको आधारभुत तह कक्ष १ देखि कक्षा ५ सम्मका शिक्षकहरुको सक्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मेयर भुसालले भने–‘पुराना शिक्षकहरुले अहिलेको  पिढिले चाहेको शिक्षा दिन आफु असक्षम छु भन्ने ठान्नु हुन्छ भने कृपया सिट छाडि हाल्नुस ठाउँ ओगटेर बस्न पाईदै पाईदैन ।’

उनले सक्षम शिक्षकहरुलाई सम्मान  गर्नु सधैव आतुर छौ तर असक्षमलाई अपमान गर्न पनि नगरपालिका बाध्य हुने चेतावानी दिदै थपे–‘ शिक्षक  दिएको शिक्षा राम्रो भए मात्रै  सवै खाले विकास हुने बताए । ’

वन उभोक्ता समिति देखि हरेक उपभोक्ता समिति र कतिपय शिक्षकहरु एउटै विद्यालयमा लामो समय सम्म वसेर ‘बोस’ मात्रै बन्ने तर अध्यापनमा ध्यान नदिने गरेको तितो अर्थात ओकल्दै उनले अव त्यस्तो अटेरी गरे यताको शिक्षक उता र उपभोक्ता समितिमा लामो समय सम्म रहेर पनि अरुलाई ठाउ नदिनेहरुलाई नगरपालिकाले निकल्ने चेतावनी समेत दिए ।

त्यस्तै मुख्य प्रशासकिय अधिकृत मुक्तिराम अर्यालले विद्यार्थीहरुलाई त होमवर्क गरिस कि गरिनस भनेर सोध्नु हुन्छ भने तपाई शिक्षकले गर्नु हुन्छ कि हुन्न  ? भन्ने प्रतिप्रश्न गरे ।  विद्यार्थीलाई पढाउने विषय पहिला आफुले पढेर पुनरताजगी भएर मात्र  पढाउनु पर्ने सुझाव दिदै उनले भने  –‘शिक्षक सक्षम नभए  सम्म विद्यार्थी सक्षम हुनै सक्दैनन् । ’

पाँच दिन सम्म चल्ने तालिममा रेसुङ्गा नगरपालिका भित्रको १० वटा वोर्डिङ्ग सहित ४२ वटा विद्यालयका शिक्षकहरु सहभागि छन् । विद्यालय निरक्षक पिताम्वर पन्थी र अगुवा श्रोत केन्द्र तम्घासका श्रोत ब्यक्ति ताराबहादुर राउतले सुरु मै भने–‘ तपाईहरु भत्ता पचाउनका लागि सहभागिताका लागि सहभागिता मात्रै ठान्नु हुन्छ भने कृपया अहिले नै निस्कुनुस् क्लास पुरै टाईट गरिने छ र अन्तिमा परिक्षा लिईने साथै  तपाईको विद्यालयमा तपाईले सोही अनुरुप गर्नु भएको छ कि छैन भनेर अनुगमन समेत हुने छ ।’

प्रशिक्षकहरुमा स्वयम पन्थी  , राउत  , युवराज ज्ञवाली रहेका छन् ।  गणित विषयको सिकाई उपलव्धि  दरमा सुधार ल्याउनु र निरन्तर विद्यार्थी मुल्याङन पद्धतिलाई प्रभावकारी तुल्याउनु साथै विद्यालयमा वालमैत्रै वातवरण सिर्जना गर्नु तालिमको मुख्य उद्देश्य रहेको  प्रशिक्षकहरुले बताए ।

उद्घाटन समारोहमा नगरपालिकाका मानव संसाधन तथा क्षमता विकास समितिका संयोजक तथा वडाध्यक्ष थम्मनबहादुर केसी   सामाजिक विकास समितिका सदस्य एवं वडाध्यक्ष मोहनप्रसाद पाण्डे , पत्रकार प्रेम सुनार लगायतको विशेष आतिथ्यता रहेको थियो ।

त्यस नगरपालिका सामाजिक विकास  समितिका संयोजक  पदमप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रोत व्यक्ति राउतको सञ्चालन रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने