2026-09-15 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महाकाली नदी कटान मुख्य समस्या रहेको एक कार्यक्रमका सहभागिहरुको भनाइ

लोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । २०७० साल अघिको दार्चुला सदरमुकाम खलंगा र अहिलेको सदरमुका खलंगाका नक्सा धेरै परिवर्तन भएको छ । जतिबेला दार्चुलाको महाकालीमा बाढि आयो त्यो बेला दार्चुला सदरमुकाम खलंगाको एउटै नक्सा थियो । सजिलै सँग जिल्लाको पहिचान झल्कीएको थियो । तर अहिले नक्सा फेरिएको छ । सदरमुकाम खलंगा तीन टुक्रामा विभाजित देखिन्छ । त्यो कहर लाग्दो बाढिले बगाएको सदरमुकाम पुर्ननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । बाढिपछि पुर्न निर्माण अन्तर्गत महाकाली किनारमा लगाइन शुरु गरेको तडबन्ध यसै आर्थिक वर्ष भित्र निर्माण सक्ने गरी काम बढिरहेको छ । तर अझै जिल्लाको लागि महाकाली नदीको कटान कम चुनौती छैन ।

अहिले पनि व्यास गाउँपालिका देखि लेकम गाउँपालिकाको लाली सम्म नदी कटानको जोखिम भने कम भएको छैन  । महाकाली बाढिले बगाएको सुनसेराको रिटिंग गाड लघु जलविद्युत होस् अथवा ब्रह्मदेवमा रहेको कालागाड लघुजलविद्यूत त्यहि नदीले बगाएको हो । नदीबाट क्षति ग्रस्त भएका विद्युत गृह पुर्ननिर्माण गर्न सकिएको छैन, कालागाड लघु जलविद्यूत योजनाका अध्यक्ष देवबहादुर वमले भन्नुभयो । अहिले पनि विद्युत पावर हाउस देखि श्रीवड क्षेत्रको धार्मिक स्थल अहिले पनि नदी कटानको जोखिममा छ ।

जिल्लाका अधिकांश नागरिक अहिले पनि महाकाली नदीमै आश्रित छन्, दक्षिण एशियाली अन्तरदेशीय सीमा नदी पानीको सामुदायिक उपयोग परियोजनाका साझेदार संस्था संकल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जोशीले भन्नुभयो, आश्रित समुदायको उत्थानको लागि नदी कटानको समस्या समाधान गर्नु जरुरी छ ।

अहिले स्थानीय स्तरबाट सीमा नदीबाट स्थानीयले गिट्टी बालुवा झिक्ने, घट्ट सञ्चालन गर्ने तथा माछा मार्ने जस्ता कार्य गरिरहेका छन् ।  महाकाली नदीमा कटान नरोकिएको कारण अहिले पनि स्थानीयको खेतीयोग्य जमिन बगरमा परिणत भइरहेका छन् । भारतीय पक्षले बंगाबगड पारीपट्टीको पहिरो नहटाउँदा खलंगा जोखिम कायमै रहेको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख सुशिल देवकाटोले बताउनुभयो ।

गत वर्ष नेपालपट्टी लगाइएको तडबन्ध पहिरोकै कारण भत्कीयो, अझै नदीमा खसेको पहिरो भारतीय पक्षले नहटाउने भने खलंगामा नदी कटानको जोखिम कायमै रहन्छ । उहाँले भन्नुभयो । दार्चुलाकै मुख्य चुनौतीको रुपमा नदी कटान रहेको छ । खलंगा कोर क्षेत्र भित्र पक्की तडबन्ध भएपनि ब्रह्मदेवदेखि उकु लाली क्षेत्रमा समेत जमिन कटान हुने गरेको छ ।

नदी कटानको समस्या र समाधानको लागि दुइ देशीय बैठकहरुमा पटक पटक कुरा उठाउने गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । दुइ देशीय समस्याको विषयमा पटक पटक कुरा उठेको छ, उहाँले भन्नुभयो, अब गैरसरकारी संघ संस्थाको माध्यमबाट समेत नदी कटान, नियन्त्रणमा के सहयोग गर्न सकिन्छ, लाग्नुहोस् । उहाँले विकास निर्माणमा गैरसरकारी संघ संस्था सरकारको साझेदारको रुपमा रहने बताउनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख करबीरसिह कार्कीले नदीको संरक्षण गरी मानव जीवनलाई उपयोग बनाउन लाग्नुपर्ने बताउनुभयो । महाकाली नदी जिल्लाबासीको लागि अभिसाप र बरदान रहेको भन्दै समन्वय समिति प्रमुख कार्कीले नदीको संरक्षण गरी स्थानीयको आयआर्जन बृद्धि गर्न स्थानीय सरकारसँग समन्वय गरी अघि बढ्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ