2026-10-28 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मुलुक अव समृद्धि दिशा तर्फ लानुपर्छ: प्रकाशमान सिंह

प्रेम सुनार/चैत्र–२६ गुल्मी। नेपाली कांग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलक अव समृद्धिको दिशा तर्फ लाग्नु पर्नेमा जोड दिएका छन् ।  तेश्रो गुल्मी महोत्सव, औद्योगिकक तथा पर्यटन मेलाको आज समापन समारोहलाई सम्वोधन गर्दै नेता सिंह यस्तो कुरामा जोड दिएका हुन् ।

उनले भने–‘ दश वर्षे द्धन्द्ध, २०६२÷६३ को जनआन्दोलन पछि मुलक तिन तहको निर्वाचन गराउन सफल भएको र अव मुलुक समृद्धिको दिशामा जानु पर्दछ । ’उनले मुलुक समृद्धिको दिशामा लैजान सरकारमा रहेका जनप्रतिनिधीहरु  ब्बढि जिम्मेवारी हुने भएकाले तिन वटै तहका जनप्रतिनिधीहरु त्यस तर्फ लाग्न सुझाव समेत दिए ।

उनले जनताले जे अपेक्षा गरेका छन त्यो पुरा गर्न सके अर्को पटक पनि अहिले कै सरकारलाई फेरी अर्को  ५ वर्ष पनि मौका  दिन सक्ने अन्यथा मिल्काएर अर्को दललाई जिताउन सक्ने भन्दै त्यस प्रति सजग रहनु पर्नेमा समेत सुझाएका थिए ।

नेता सिंहले तेश्रो गुल्मी महोत्सव सफल पार्ने आयोजक सहितका सवै पक्षलाई बधाई दिदै महोत्सवबाट प्राप्त अनुभव यहाँको  विभिन्न उद्योग,  कृषि र  पर्यटन विकासमा लगाउन ध्यानकृष्ट गराएका थिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त , नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ , नेकपा माओवादी केन्द्रका संयोजक विरबहादुर कार्की लगायतले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला