२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी महोत्सवमा कुन कलाकारले कति दर्शक ताने ?

२०७४, २६ चैत्र सोमबार १५:०४

प्रेम सुनार | चैत २६, गुल्मी | अहिले कुनै पनि कार्यक्रममा नेताका  भाषण सुन्न मानिसहरुको जमघट कम हुँदै गएको छ । मानिसहरुको जमघट बटुल्ने भने कै कलाकार भएका छन् । त्यस माथी महोत्सवहरुमा त कलाकारहरु  महँङ्गा महँङ्ग उतार्ने गरिएको छ ।

गुल्मी महोत्सवमा पनि स्थानिय नाम चलेका देखि ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको जम्वो टोली उतारियो । महोत्सव मुल समारोह समिति आर्थिक विभाग प्रमुख रामप्रसाद पन्थीका अनुसार पहिलो दिन र आज अन्तिम दिनका कलाकारको यसमा समावेश छैन ।

चैत्र १६ गतेबाट सुरु भएको महोत्सवको पहिलो दिन हावाहुरी  सहितको पानीले उद्घाटन  विथोलि दियो । दोश्रो दिन परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गरेका थिए ।

दोश्रो दिन  दर्शक तान्ने कलाकारहरु

उक्त दिन कलाकार विजु वज्र , रमेशराज भट्टराई , मञ्जु पौड्याल , रोनु थापा, गणेश अधिकारी , हरि खत्री र आयुष केसीको प्रस्तुती थियो ।  आर्धिक विभाग संयोजक रामप्रसाद पन्थीका अनुसार त्यस दिन जुन दिन ३ हजार ८ सय ४२ जनाले टिकट काटेका थिए ।

तेश्रो दिन

कलाकाहरुमा  हेमन्त शर्मा, कृष्ण रेउले , सुशिला गौतम, वन्दना पाण्डे , कमल कँडेल , विक्रमबाबु विक थिए । त्यस दिन ३ हजार ९ सय ४२ जनाले टिकट काटेका थिए ।

चौथो दिन

कलकारहरु कमल खत्री , देवि घर्ति , नारायण विपी परियार , टिकाराम पोखरेल , विष्णु सिंजाली , ललिता पौड्याल थिए । उक्त दिन ४ हजार ७ सय ९९ जनाले टिकट काटेका थिए । त्यस दिन सदाको भन्दा विद्यार्थीको  संख्या दोव्वर  थियो । अघिल्ला दिनहरुमा दैनिक साढे सात सयको हाराहारीमा टिकट काटेका विद्यार्थीहरु उक्त दिन १३ सय  ९६ जनाले काटेका थिए ।


पाँचौ दिन

कलाकारहरु हेमन्त शर्मा, चन्द्र शर्मा, शान्त परियार , कल्पना कुशुम लगायत थिए । उक्त दिन ५ हजार ६ सय  ४५ जनाले टिकट काटेका थिए । त्यस दिन  पनि अघिल्लो दिन कै जति विद्यार्थीहरुको संख्या थियो ।

छैठौं दिन

कलाकारहरु रामजी खाँड, सरिता कार्की, रुपा जिएम, विशाल श्रेष्ठ, सुरेश राना र कमल झाँक्री थिए । उक्त दिन पनि विद्यार्थीको संख्या १२ सय भन्दा बढि थियो भने कुल ५ हजार ४सय ८९ जनाले टिकट काटेका थिए ।

सातौं दिन

कलाकारहरु खुमन अधिकारी , प्रिती आले श्रीप्रसाद थापा , तुलसिंह रनपछाई , महेन्द्र भण्डारी , तिलक वस्नेत , विष्णु श्रीपाली, पवन परियार  थिए । उक्त दिन दर्शक ह्वात्तै बढेका छन् । त्यस दिन विद्यार्थीहरु झण्डै दुई हजार सहित कुल ७ हजार ४  सय ५ जनाले टिकट काटेका छन् ।

आठौं दिन

कलाकारहरु    आश्था राउत , शान्तश्री परियार , शिव खनाल , अर्जुन कुँवर ,  र विजय परियार थिए । उक्त दिन २ हजार भन्दा बढि विद्यार्थी सहित ८ हजार ९ सय ४७ जनाले टिकट काटेका थिए ।

नवौं दिन

कलाकारहरु राजेश पायल राई, राजु ढकाल , रामचन्द्र चन्द , शिलु भट्टराई पवित्रा सर्तुङ्गे मगर , सुशीला थापा थिए ।  उक्त २३ सय जना विद्यार्थी सहित ८ हजार ९ सय  ४७ जनाले टिकट काटेका थिए ।

अघिल्लो दिनलाई छाडेर १० औं दिन

कलाकारहरु बद्रि पंगेनी , सम्झना भण्डारी , सिता राना , गायत्री थापा , दिपक परियार , निर्मला थापा रहेका थिए । उक्त दिन ८ हजार ३ सय ९५ जनाले टिकट काटेका थिए । आर्थिक विभाग संयोजक पन्थीका अनुसार टिकट विक्रीबाट कुल २६ लाख ८५  हजार ३ सय ७८ रुपैयाँ संकलन भएको छ । 

उनका अनुसार महोत्सवभर करिव ६ करोडको कारोवार भएको आंकलन गरिए पनि एकिन विवरण आउन भने बाँकी छ । आज समपन सत्रको विवरण साँझ मात्र आउने पन्थीले बताए ।  मुख्य कलाकार र केहि अन्य कलाकारहरुको नाम तल माथी वा नआएर नाम मात्रै परेको  र छुटेको हुन सक्ने संयोजक पन्थीले पछिल्लो जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा