२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

५ नम्वर प्रदेश छुवाछुत मुक्त बनाईने: मोर्चाका प्रदेश प्रमुख

२०७४, २८ चैत्र बुधबार ०८:०७

प्रेम सुनार/चैत्र–२८ गुल्मी। नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाका केन्द्रि कार्यालय सदस्य तथा ५ नम्वर प्रदेश कमिटीका अध्यक्ष कर्मलाल परियारले  ५  प्रदेश अन्तरगतका १२ वटै जिल्ला छुवाछुत मुक्त जिल्ला घोषणको अभियनमा  जोड्ने बताएका छन् ।


वाम एकताको पुर्व संघारमा मोर्चाको गुल्मी जिल्ला संगठनको सचिवालय बैठकलाई सम्वोधन गर्न आई पुगेका नेता परियारले छुवाछुत विभेद जस्तो  फोहरको डङ्गुरमा बसेर खुल्ला दिशामुक्त, पुर्ण सरफाई अभियान गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरे ।

मान्छेले मान्छेलाई छुन नहुने  ?  यस्तो पनि  लोकतन्त्र  हुन्छ ?  यस्तो प्रतिप्रश्न गर्दै अध्यक्ष परियारले भने–‘ ५ नम्वर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले यस प्रदेशलाई नमुना प्रदेश बनाउने उद्घोष गर्दै आउनु भएको छ , यदि साँच्ची कै नमुना प्रदेश बनाउने नै हो भने छुवाछुद र विवेद मुक्त प्रदेशको पहिला घोषणा गरियोस् ।’

रुकुममा साविकको  एक गाविसबाट सुरु गरिएको छुवाछुत मुक्त गाउँ अहिले रोल्पामा पनि साता वटा साविकका गाविस छुवाछुत मुक्त रहेको जानकारी दिदै उनले भने–‘ रुकुम रोल्पा जस्तो विकट र एक समयको अत्यन्तै रुढीवादी स्थानमा त छुवाछुत मुक्त गाउँ हुन सक्यो भने गुल्मी, अर्घाखाँची, पाल्पा , रुपन्देही, कपिलपस्तु जस्ता शिक्षित सभ्य नागरिक वसोवास गर्ने ठाउँमा किन गर्न नसक्ने ? उनले प्रश्न गरे ।

‘अहिले रोल्पामा छुवाछुद र कुनै विभिद छैन् , जनयुद्धले त्यहाँका मानिसहरुमा आमुल परिवर्तन ल्याई दिएको छ । सवै जातजाती विचमा सद्भाव बढेको छ, एक देखि अर्को जात विच विवाहवारी भई रहेको छ ,–उनले भने–‘  अहिले धमाधम दलित र गैह्र दलित विच वैवाहिक सम्वन्ध भई रहेको छ ।’

उनले थपे–‘हिजो बुढा बुढीका पाला सम्म छुवाछुत मुक्त हुन सक्दैन भन्ने क्षेत्री वाहुनहरु नै अहिलो छुवाछुत मुक्त अभियानको अभियान्त बनेका छन् एक अर्काको घर भित्र पस्ने खाने गरिएको छ अरु जिल्लावासीले रुकम रोल्पालीबाट सिक्न म अनुरोध गर्दछु ।’

उनले समानुपातिक , समावेसी एजेण्डा माओवादीले उठाएर अहिले स्थानिय तद देखि केन्द्र सम्म महिला , दलित लगायत सदियौं देखि पछाडी परेको समुदाय सहभागि हुन पाएको दावी गदै भने–‘ संविधानमा अधिकार लेखिए पनि कार्यन्वयन गर्न अझै पनि दलका नेता र कर्मचारीहरु मान्ने गरेका छैनन् । ’

त्यस्तै मोर्चाका प्रदेश उपाध्यक्ष खड्ग दर्नालले मोर्चाको अगुवाईमा अर्घाखाँचीमा शैक्षिक क्षेत्रमा दलितलाई उच्च शिक्षामा निशुल्क अध्यानको व्यवस्थाका लागि पहल भएको , सार्वजानिक स्थानमा अपमानित हुने गरी वोल्नेलाई कार्वाही भई रहेको बताउँदै गुल्मीमा पनि दलित मुक्ति मोर्चा सशक्त ढगले लाग्न निर्देशन थिए ।

मोर्चाका गुल्मी जिल्ला अध्यक्ष धर्म बिश्वकर्माले  वाम एकताको घोषणा पछि गुल्मीमा पनि छुवाछुत मुक्त गाउँ घोषणाको अभियान छेडिने बताए ।  मोर्चा दुर्गा विश्वकर्माले साविकको नेटा गाविसमा मगर वाहुल्य भएकोले गुल्मीका अन्य गाउँमा जस्तो छुवछुत विभेद नभएको जानकारी दिदै त्यहाँबाट अभियान सुरु गर्न सकिने धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा