2026-09-13 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पन्ध्र दिनभित्र सबै राजमार्ग मर्मत गरिने, नगरे कर्मचारीहरुलाई कारबाही

बैशाख २, पर्सा (रासस) | भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरिकै राजमार्ग र सहायक राजमार्गको मर्मतसम्भार पूरा गरिने बताउनुभएको छ । 

मन्त्री महासेठले सडक विस्तारले नै समृद्ध राष्ट्र बनाउने र गुणस्तरीय सडकले विकासलाई गति दिने भएकाले आउँदो १५ दिनभित्र देशभरिकै राजमार्ग तथा सहायक राजमार्गको मर्मत पूरा गर्न सम्बन्धित कार्यालयलाई जिम्मा लगाइएको बताउनुभयो ।

आवाज एफएफको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री महासेठले वैशाख १५ गतेभित्र राजमार्गको काम पूरा नभए सम्बन्धित क्षेत्रका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभयो । उहाँले वीरगञ्जको अलौमा निर्माण भएको एकीकृत जाँच चौकी (आइसिपी) डेढ महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन हुने दाबी गर्नुभयो । आइसिपी अगाडिको ७०० मिटर सडकमा परेको जग्गाका लागि रु ९२ करोड मुआब्जा छुट्याएको र आउँदो दुई महिनाभित्र सडक निर्माण पूरा भएपछि आइसिपी पूर्ण क्षमतामा सञ्चालन हुने उहाँको भनाइ थियो । 

मन्त्री महासेठले उद्घाटन भएर पनि ७४० मिटर सडक निर्माण पूरा नभएका कारण दैनिक करोडाँैको राजश्व गुमाउनुपरेकाले मुआब्जाको विवादलाई सक्दो चाँडो समाधान गरी सडक निर्माणलाई पूरा गर्न सडक विभागका महानिर्देशकलाई निर्देशन दिएको बताउनुभयो । उहाँले वर्तमान सरकार प्रदेश नं २ को पूर्वाधार विकासप्रति गम्भीर रहेको बताउनुभयो । 

आवाज एफएमका अध्यक्ष श्याम बञ्जराको अध्यक्षतामा सम्पन्न सो वार्षिकोत्सव कार्यक्रममा प्रदेश नं २ का विधायक ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, पूर्वसांसद विचारी यादव, राजकुमार गुप्ता, जयप्रकाश थारुलगायतले पूर्वाधार विकासका क्रममा निकै पछि परेको प्रदेश नं २ को विकासका लागि संघीय सरकारले पर्याप्त रकम विनियोजन गर्न माग गरेका थिए । (तस्वीर उपलब्ध छ)  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन