Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

जडिबुटी दिर्घकालिन हुम्लीको आम्दानीको स्रोत हुन सक्ने

By साझासवाल

रेशमराज रोकाया | बैशाख ३, हुम्ला | हुम्ला जिल्लाका वासिन्दाको लागि जडिबुटी दिर्घकालिन आम्दानीको स्रोत हुन सक्ने सम्भावना रहेको छ । ५१ प्रतिशत भुभाग उच्च हिमाली भेगमा यहाँ नेपालकै दुर्लभ जडिबुटी उत्पादन हुने क्षेत्रमा पाईने जडिबुटीले जिल्लाका वासिन्दालाई अहिले पनि राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । हरेक गाउँपालिकाका वडा वडामा बनाईएको सामुदायिक वनको संरक्षण र प्रवद्धनलाई अझ सक्रिय बनाई योजनावद्ध ढंगले संकलन गर्न सकिए यसबाट प्रयाप्त आम्दानी लिन सकिने अवस्था रहेको छ ।

उच्च हिमाली भेगमा बहुमुल्य जडिबुटी पाँचऔंले, जटामासी, कटुकी, चिराईतो, पदमचाल, विष, गुच्ची च्याउ, तितेपाती, उतिस, बाँझ खोटो, घोडा पर्चा, लौंठ सल्ला, चुत्रो, मजेठो, बेथे, किमु लगायतका जडिबुटी मात्र हाल संकलनमा रहेको छ । जिल्ला वन कार्यालयले संकलन गरेको जडिबुटीलाई सहज रुपमा निर्यात गर्नको लागि पुर्जी नदिँदा यहाँका व्यपारीले छिमेकी जिल्ला बाजुराबाट निर्यात अनुमति पुर्जी लिने गरेका छन् । हरेक घर परिवारले प्रत्येक वर्ष ५० हजार देखी १ लाख ७५ हजार सम्म जडिबुटी संकलनबाट नै आयआर्जन गर्ने गर्दछन् । कार्तिक देखी मंसिर महिनामा मात्र संकलन गर्ने यहाँका किसानले जडिबुटी संकलनको उचित मुल्य समेत पाउन सकेका छैनन् । जिल्लामा नै प्रशोधन केन्द्र स्थापना भएको भए अझ यहाँका संकलनकर्ताले राम्रो आम्दानी लिन सक्ने सम्भावना रहेको छ । ७५ प्रकारका जडिबुटी हाल हुम्लाका प्रचलित भएको भएता पनि सबै जडिबुटी भारतमा निर्यात हुने गरेको छ ।

व्यवस्थित रुपमा जडिबुटीको संरक्षण, सम्वद्र्धन, संकलन र विक्रि हुन सकेका हुम्ली यसबाट अझ लाभाँवित हुन सक्ने सम्भावना रहेको छ । अव्यवस्थित रुपमा जडिबुटीको संकलन, चोरी संकलन, निर्यात अनुमति पत्र लगायतको समस्याको सहजिकरण, सडक संजालको वृत्ती र विकास हुन सकेमा राम्रो आम्दानीको स्रोत हुने सर्केगाड गाउँपालिकाका स्थानिय कलबहादुर ऐडीको रहेको छ ।

हाल जिल्लामा रहेका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले जडिबुटी संकलन, यसको खेती प्रणालीमा केही सहयोग गरेको भएता पनि यो प्रयाप्त हुन सकेको छैन । घरेलु खेतबारीमा जडिबुटीको खेती गर्नको लागि हावापानी नमिल्ने हुँदा यसलाई व्यवसायिक खेती गर्न नसकिने हुनाले यसका संकलनकर्ताले लाभाँश लिन सकेको छैनन् ।  हाल नेपालमा ४ सय जडिबुटीको संकलन भएको भएता पनि कर्णाली प्रदेशमा नै सबैजसो जडिबुटी पाइने गरेको लेखक अजबहादुर गिरीको रहेको छ । आफुले अध्ययन र अनुसन्धान गरी जडिबुटी सम्वन्धी २ भाग पुस्तक प्रकाशन समेत गरेको उहाँको भनाई रहेको छ । अजबहादुका अनुसार जडिबुटीको अस्तित्व परापूर्वकालदेखी हाल सम्म घरेलु उपचारको समेत यसको ठूलो भूमिका रहेको छ । पहिले पहिले गाउँघरमा स्वास्थ्य संस्था थिएनन्, स्थानियले त्यहाँ उपलव्ध हुने जडिबुटीको प्रयोगले अधिकाँश रोगको निदान समेत हुने गरेको थियो ।

जिल्लाका उत्तरी भागका हिमालमा पाईने जडिबुटीको संकलन थल आसपास सम्म मोटरबाटो र संकलन गर्नको लागि सहज वातावरण योजनावद्ध संकलन गर्न सकिए आम्दानीको एक प्रचुर सम्भावना रहेको छ । नेपालको जडिबुटी विदेशमा निर्यात सस्तो मुल्यमा गरिनु र महँगो दरमा त्यही जडिबुटीबाट बनेको औषधी किन्नु यहाँको दुर्भाग्य हुँदै आएको छ । हिराको सम्पती रहेको हुम्लाको जडिबुटी जिराको मुल्यमा विक्रि गर्नु पर्ने भएकोले हुम्लीवासीले दुखेसो पोख्ने गरेका छन् ।